एमाले र माअाेवादी केन्द्रबीच एकताले गति लिन नसकिरहँदा माअाेवादी केन्द्रभित्र केपी अाेलीलार्इ फाइदा पुग्ने गुट निर्माण हुनु र त्याे गुटले तत्काल एमालेसँग एकता गर्ने दबाब सिर्जना गरेरपछि प्रचण्ड अर्काे तनावमा परेका छन् ।

माअाेवादी केन्द्रभित्र एमालेसँग अविलम्ब एकता गरेर जाने लाइनमा लगभग अाधा शक्ति जाने र अाधा नजाने स्थितिमा रहेकाे साे पार्टीभित्रका एक उच्चस्तरका नेताले बताए ।

एमालेमा जाने लाइनमा टाेपबहादुर रायमाझी, जनार्दन शर्मा प्रभाकर, शक्ति बस्नेत, लेखराज भट्टलगायत ठूलाे पंक्ति रहेकाे छ भने अहिले नजाने लाइनमा कृष्णबहादुर महरा र वर्षमान पुनलगायतकाे ठूलाे पंक्ति रहेकाे छ ।

प्रचण्ड अाफै पनि अाफ्नाे पदकाे कुनै ठाेस ग्यारेन्टी नहुनेभएपछि अहिले उनी अाफैले फिप्टी फिप्टीकाे कुरा उठाएर एकता नगर्ने ध्यानमा छन् ।

खासमा प्रचण्डले एकता नचाहनुका धेरै कारणहरू रहेकाे माअाेवादी केन्द्रकाे उच्च स्राेतकाे भनार्इ छ ।

त्यसमा मुख्यगरी बाह्य शक्तिकाे दबाब पनि हाेला । तर मुख्य त प्रचण्डकाे एमालेमा के हैसियत हुन्छ भन्नेमा निणार्यक कुरा देखिन्छ। उनलार्इ एमालेमा फस्ट म्यान हुन सक्ने स्थिति हुने भने उनलार्इ देशी विदेशी कुनैपनि शक्तिले कुनै लछारपछार लगाउन सक्दैन ।

खासमा प्रचण्डकाे जाेड एमालेमा गइसकेपछि केपी अाेलीलार्इ डाउनसाइज गर्न सकिन्छ या सकिदैन भन्नेमा दाउँ गरेकाे देखिन्छ  । किनकि एमालेमा गइसकेपछि उनलार्इ माधव नेपाल, झलनाथकाे प्यानलले समर्थन गर्छ या गर्दैन ? यसले गर्दा प्रचण्ड अहिले अन्याेलमा छन् र एकता तत्काल नगर्ने मुडमा छन् ।

त्यही भएर उनले माअाेवादी केन्द्रभित्र वर्षमान पुनलगायतकाे एउटा समुहलार्इ तत्काल एकता नगर्न या लम्बाउन निर्देशन दिइरहेकाे बताइन्छ ।

यही भएर हुनसक्छ वामपन्थी विश्लेषक भरत दाहालले सामाजिक संजाल फेसबुकमा माअाेवादी केन्द्रमा केपी गुट हावी भएकाे भन्दै टिप्पणी गरेका छन् ।

भरत दाहालले फेसबुकमा लेखेका छन् –

‘एमालेमा प्रचण्ड गुट जस्तै एमाअाेवादीमा केपी गुटकाे द्रुत विकास ! वर्षमान / महराहरू एकता नगर्ने र जनार्दनकाे टीम गर्नुपर्ने भन्ने चर्काे क्याम्पेनमा ! धुरन्धर खेलाडी बन्न खाेज्दा एमाअाेवादी फुटेर केपीकाे एकल सरकार बन्ने र प्रचण्ड उत्तानाे पर्ने संभावना बढ्दाे।’

यस्ताे स्थिति अाइपरेपछि माअाेवादी केन्द्र यतिबेला ठूलाे अफ्ठयाराेमा रहेकाे बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार