
नेकपा क्रान्तिकारी माअाेवादीका वरिष्ठ नेता सीपी गजुरेल गाैरवले विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झाैता कार्यान्वयनकाे कमस खान केपी अाेली भारत भ्रमणमा जान लागेकाे बताएका छन् ।
नेता गजुरेलले ओलीले विगतमा गरिएका अपर कर्णाली, महाकाली, कोशी उच्चबाँध, अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौताहरु लागू गराउने कसम खान दिल्ली भ्रमण गर्न लागेको दावी गरे ।
बुधबार गजुरेलले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै यस्ताे दावी गरेका हुन् ।
“केपी ओलीको भारत भ्रमणको यथार्थ अब प्रष्ट भएको छ । अरुण तेस्रोको दिल्लीबाटै मोदीसँग संयुक्त रुपमा गरिने कार्यक्रम, अपर कर्णाली, महाकाली, कोशी उच्च बाँध आदि अनगिन्ती राष्ट्रघाती सम्झौताहरुलाई लागू गर्ने कसम खान यो दिल्ली भ्रमण हुँदै रहेछ भन्ने कुरा उनैले प्रष्ट पारेका छन् ।” ओलीको यो भ्रमणबाट उनको देशभक्ति उदांग भएको भएको भन्दै अध्यक्ष गजुरेलले लेखेका छन्, “ओलीको भ्रमणले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको नयाँ अध्याय सुरु हुनेछ ।”
प्रम ओलीले मंगलबार मात्र आफ्नो भारत भ्रमण विगतका सम्झौता र प्रतिबद्धता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने बताएका थिए । उनले मंगलबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै भारत भ्रमणको उद्देश्य, एजेण्डा र औचित्यबारे जानकारी दिएका थिए ।
सन् १९५० को सन्धिलगायत पूर्व प्रधानमन्त्री पुष्पकमदल दाहाल‘प्रचण्ड’ले गरेको २५ बुँदे सम्झौतालगायत गरेका सबै राष्ट्रघाती सम्झौता कार्यान्वयन हुने हो भने नेपाल भुटानीकरण हुँदै सिक्किमीकरणको दिशातर्फ उन्मुख हुने छ ।
केपी अाेलीले भारत भ्रमणका क्रममा नेपालीलार्इ जानकारी नहुने तर भित्री रूपमा कयाैं अदृश्य सन्धि सम्झाैता गर्ने या कार्यान्वयन गरेर अाउने विश्लेषण गरिएका छन् ।
यही सेराेफेराेमा वैद्य माअाेवादीका नेता गजुेलले अाेलीलार्इ यस्ताे अाराेप लगाएका हुन् ।







