वाग्लुङमा नेपाल कम्युनिस्ट पार्टीकाे जनसरकारले वाग्लुङ नगरपालिका प्रमुखलार्इ अाफ्नाे पदबाट राजिनामा दिन चेतावनी पत्र पठाएकाे छ ।

वाग्लुङ नगरपालिका प्रमुख जनक पाैडेललकाे नाममा मगरात स्वायत्त प्रदेश वाग्लुङद्धारा जारी गरेकाे पत्रमा विद्यमान दलाल सरकारकाे निकायमा रहेर काम नगर्न अपिल गरिएकाे छ ।

देशमा दलाल सत्ताले खडा गरेकाे सवै संरचनाले स्थानीय सर्वसाधारणमाथि मंहगी, कालाेबजारी, कमिशनखाेर रमाफियाहरूलार्इ मात्र संरक्षण गरिरहेकाे भन्दै यस्ताे खाले सत्ताकाे हिस्सा बन्न छाेडेर जनताकाे सत्तालार्इ सहयाेग गरिदिन जनसरकारले अपिल गरेकाे छ ।

देशकाे विकास र समृद्धि वर्तमान दलाल सत्ताबाट हुनै नसक्ने र त्यसका लागि वैज्ञानिक समाजवाद मात्र हुने जनसरकारले पत्रमा उल्लेख गरेकाे छ ।

नगरपालिका प्रमखु पाैडेलसहित सबै पदाधिकारीहरूलार्इ अाफ्नाे पदबाट राजिनामा दिन वाग्लुङ जनसरकारले चेतावनी दिएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म सबै संरचनाहरूलार्इ खाली गरेर नयाँ सत्ताकाे स्थापनालार्इ पनि संगै अभ्यास गरेर जान थालेपछि पूरानाे दलाल सत्ता र नयाँ सत्ता अामनेसामने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार