
भारतीय कम्युनिस्ट अान्दाेलनका भेट्रान नेता शशिप्रकाशले नेपालमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एमाले र माअाेवादी केन्द्रकाे संसदवादका विरूद्ध सशक्त वैकल्पिक क्रान्तिकारी अान्दाेलनकाे नेतृत्व गरेकाे बताएका छन् ।
नेपालकाे एक कार्यक्रममा अाएका भारतीय माअाेवादी अान्दाेलनका नायक चारू मजुमदारका सहकर्मी शशिप्रकाशले प्रचण्डकाे संशाेधनवाद र संसदवादका विरूद्ध शुरूदेखि संघर्ष गर्दै अहिले अाउँदा नेपालमा विप्लव क्रान्तिकारी अान्दाेलनकाे नेतृत्वमा सशक्त रूपमा खडा भएकाे बताए ।
नेपाल कम्युनिस्ट पार्टी निकट मानिने राताेखबर साप्ताहिकसँगकाे अन्तर्वार्तामा उनले प्रचण्डले याेजनाबद्ध रूपमा माअाेवादी अान्दाेलनलार्इ समाप्त पारेकाे बताए ।
शान्ति प्रक्रियामा अाउँदादेखि नै अाफुहरूले प्रचण्डले अपनाएकाे गलत बाटाेकाे अालाेचना गरेकाे तर प्रचण्डले त्यसलार्इ कहिल्यै सच्चाउनेकाे रूपमा नलिएकाे शशिप्रकाशकाे भनार्इ छ ।
हालै स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाकाे निर्वाचनमा विप्लव नेतृत्वकाे नेकपाले सिंगाे संसदीय व्यवस्थाकाे विरूद्ध बम पड्काउनेदेखि कयाैं घटनाहरू पैदा गर्नुमा नेपालमा क्रान्ति अझै ज्युँदै छ भन्ने देखाएकाेे भारतीय वामपन्थी नेता शशि प्रकाशकाे विश्लेषण छ ।
‘चुनाव हुँदै थियाे, त्याे समय हामीले सुन्याैं एकातर्फ कम्युनिस्ट अान्दाेलनलार्इ ध्वस्त पार्ने एमाले र माअाेवादी केन्द्र चुनावमा भाग लिइरहेका थिए । उता विप्लवजीकाे नेपाल कम्युनिस्ट पार्टी चुनाव खारेज अभियानमा चलाइरहेकाे थियाे ।’ शशिप्रकाशले भनेका छन्, ‘हामीलार्इ खुशी लाग्याे (नेकपा) वैकल्पिक शक्तिका रूपमा चुनाव बहिष्कार गर्ने शक्तिका रूपमा मान्याैं । चुनावमा बम बिस्फाेटका घटना पनि सुनिए । यसरी नेपालकाे कम्युनिस्ट अान्दाेलनमा धारिलाे ध्रुवीकरण हुने देखियाे ।’
एक अर्काे प्रसँगमा शशिप्रकाशले माेहन वैद्य किरणले नै प्रचण्डपथ नामाकरण गरेकाे भन्दै त्याे बेठीक रहेकाे बताएका छन् ।
भारतीय माअाेवादी अान्दाेलनकाे सन्दर्भमा शशिप्रकाशले ४८ वर्षदेखि सशस्त्र जनयुद्ध गरिरहेका भारतीय माअाेवादीका नेताहरूले जनयुद्धलार्इ थप विकास र उच्चतामा लैजान विचारमा विकास गर्नु पर्नेमा जाेड दिएका छन् ।







