
चार वटा कम्युनिस्ट पार्टीहरूले प्रधानमन्त्री केपी शर्मा अाेलीले अासन्न भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित गर्न थालेकाे समझाैताकाे विराेधमा शनिबार काठमाडाैंमा विराेध कार्यक्रम गर्ने भएका छन् ।
काठमाडाैंकाे शान्तिबाटिकमा हुने कार्यक्रममा चारै पार्टीका शीर्ष नेताहरूले संवाेधन गर्नेछन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा, माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादी, माेहन विक्रम सिंह नेतृत्वकाे नेकपा मसाल र अर्काे ऋषि कट्टेल नेतृत्वकाे नेकपाले संयुक्त रूपमा विराेध कार्यक्रम गर्ने भएका हुन् ।
विराेध कार्य्रकमलार्इ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता, नेकपा क्रान्तिकारी माअाेवादीका माेहन वैद्य किरण, नेकपा मसालका चित्रबहादुर केसी र ऋषि कट्टेल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका उच्चस्तरका नेताहरूले विराेध सभालार्इ संवाेधन गर्ने छन् ।
आसन्न भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी अाेलीले यसभन्दा अगाडि नेपाल–भार बीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरुलाई कार्यान्वयन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्त रुपमा शिलान्यास गर्ने छन् । यसै कुराको विरोध गर्दै काठमाडौंमा संयुक्त विरोध सभा गर्ने चार कम्युनिस्ट पार्टीद्धारा विहीबार जारी संयुक्त विज्ञेप्तीमा जारी गरिएकाे थियाे ।







