केही समयअघि एक बुद्धिजीवि अच्युत वाग्लेले प्रधानमन्त्री केपी अाेलीकाे अाैपचारिक शिक्षा टेष्ट फेल भनेर बाेलेका थिए । तिनै अाेलीलार्इ भारतकाे एक शैक्षिक संस्थाले पीएचडीकाे उपाधि दिने भएकाे छ ।

नेपालको दोस्रो पटक प्रधानमन्त्री बनिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको एउटा विश्वविद्यालयले पीएचडीको मानार्थ उपाधी दिने भएको हाे ।

यो उपाधी पाएपछि अब प्रधानमन्त्री ओलीको नाम अगाडी डाक्टर’ थपिने भएको छ । ओली आफैले औपचारिक अध्यनन गरेर पीएचडी हासिल नगरेपनि भारतको एउटा विश्वविद्यालयले मानार्थ उपाधी दिन लागेको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओलीको औपचारिक शिक्षाका विषयमा कुरा उठाइ रहेको समायमा भारतको एक विश्व  विद्यालयले भने यस्तो उपाधी दिन लागेको हो ।

स्रोतको भनाई अनुसार प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवम् औद्योगिक विश्वविद्यालयबाट मानार्थ पीएचडीको उपाधि पाउने भएका हुन् ।

यो सँगै एमाले अध्यक्ष समेत रहेका ओली अब डाक्टर केपी शर्मा ओली बन्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणको अन्तिम दिन अर्थात २५ गते उक्त विश्वविद्यालयको दीक्षान्त समारोहलाईसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार