माअाेवादी केन्द्रबाट सरकारमा गृहमन्त्री बनेका रामबहादुर थापा बादलले केही दिन अघि महानिरीक्षक प्रकाश अर्यालसँग नेपाल कम्युनिस्ट पार्टीलार्इ दमन गरेर जाने या नजाने भन्ने विषयमा लामाे विवाद गरेका थिए ।

बादलले नेकपालार्इ दमन गरेर जाने दबाब दिइरहँदा महानिरीक्षक अर्यालले दमन हाेइन वार्ता वा छलफलकाे माध्यमबाट जानु  पर्ने बताएका थिए ।

त्यही विवादकाे अन्त्य नहुँदै गृहमन्त्री रामबहादुर थापा बादलले फेरि उही दमनकाे भाषा अाेकलेका छन् । बादलले विप्लव नेतृत्वको नेकपाले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारीले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको गंभीर अाराेप लगाएका छन्। ।

‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन।’ बादलकाे अाराेप थियाे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे।

‘यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो’, उनले भने। गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए।

एक वर्षअघिसम्म यही पूरानाे राज्यका विरूद्ध विद्राेहकाे भाषा अाेकल्ने बादलले किन यति धेरै दलाली भाषा बाेलेर विप्लव नेतृत्वकाे नेकपालार्इ दमन गरेर जान प्रहरीलार्इ दबाब दिइरहेका छन् ?

नयाँ जाेगीले धेरै खरानी घसेजस्तै बादलले पनि याे पूरानाे दलाल सत्ताकाे बफादार कारिन्दाकाे रूपमा अाफुलार्इ प्रस्तुत गरेर प्रकट हुनुलार्इ दुनियाँले अनाैठाेकाे रूपमा हेरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार