नेपाल कम्युनिस्ट पार्टीले तीन कम्युनिस्ट पार्टीसँग संयुक्त रूपमा २९ औँ जनआन्दोलन दिवस देशैभर मनाएकाे छ ।

२०४६ सलालमा पञ्चायती व्यवस्थाको विरुद्ध नेपाली जनताले लामाे अान्दाेलन गरेर पंचायती व्यवस्था ढालेका थिए । त्यही दिनलार्इ अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपाले आज काठमाडौँलगायत देशैभरि संयुक्त जनआन्दोलन दिवस कार्यक्रम मनाए ।
यसैक्रममा काठमाडाैंमा हजारौँ जनताको सहभागितामा जनअान्दाेलन दिवस मनाइएकाे छ । हजाराै जनता उपस्थिति भएकाे काठमाडाैं शान्तिबाटिका र्यालीसहित जनअान्दाेलन दिवस मनाइएकाे छ ।
र्यालीपछिकाे जनसभालार्इ नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य अनिल शर्मा (विरही), नेकपा (क्रान्तिकारी माओवादी)का पाेलिटव्युराे सदस्य रामसिंह श्रीष, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी र नेकपाका अध्यक्ष ऋषि कट्टेललगात वत्ताहरुले विशेष सम्बोधन गरेका थिए ।
जनअान्दाेलन दिवस मनाउने क्रममा उता नेकपा लुम्बिनी ब्युरोले बुटवलमा २९औँ जनआन्दोलन दिवस भव्य रूपमा मनाएकाे छ ।
से जनसभालार्इ नेकपा पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द वीरजञ्ग र केन्द्रीय सदस्य भेषराज भुषालले सम्बोधन गरेका थिए ।
यसैबीच नेकपा गण्डक ब्युरोले २९औँ जनआन्दोलन दिवस कार्यक्रम तनहुँको दमौलीमा मनाएको छ । जनसभालाई नेकपाका द्वय पोलिटब्युरो सदस्य पदम राई (विकास) र उमा भुजेल र गण्डक ब्युरो इन्चार्ज साबित्री दुरा (आश्था)ले सम्बोधन गरेका थिए ।
यसरी अाज देशैभरि नेकपाले जनअान्दाेलन दिवस मनाएकाे हाे ।







