
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली जनता र अामुल परिवर्तनका लागि क्रान्तिकारीहरूले अन्तिम युद्ध लड्नु पर्ने बताएका छन् ।
कट्टेलले नेपालमा निकै लामाे समयदेखि नेपाली जनताले अनगिन्ती अान्दाेलन र संघर्ष गर्दै अाएपनि ती अान्दाेलनहरू निष्कर्षमा पुग्न नपाउँदै नेताहरूकाे धाेका र गद्धारीका कारण पूर्ण मुक्ति पूरा हुन नसकेकाे भन्दै अब त्यसका लागि अन्तिम संघर्ष गर्नु पर्ने बताए ।
विप्लव नेतृत्वकाे नेकपासहित चार कम्युनिस्ट पार्टीहरूले राजधानीमा अायाेजना गरेकाे संयुक्त कार्यक्रममा कट्टेलले यस्ताे बताएका हुन् ।
‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू हल भएका छैनन् । अान्दाेलनबाट केही नेताहरू सत्तामा अासिन हुन पुगे तर जनताले केही पाएनन् ।’ कट्टेलले भने, ‘अान्दाेलनका बाँकी कार्यभार पुरा गर्न पनि अन्तिम युद्ध लड्नु पर्ने भयाे । याे समयकाे माग पनि हाे ।’
नेपाली जनताका समस्याहरू ज्युँका त्यही बाँकी रहेकाे भन्दै नेकपाका अध्यक्ष कट्टेलले नेपालमा कांग्रेस, एमाले र माअाेवादी केन्द्रले अन्तिममा नेपाली जनतालार्इ ठूलाे धाेका दिएकाे अाराेप लगाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य अनिल शर्मा विरही, नेकपा क्रान्तिकारी माअाेवादीका पाेलिटव्युराे सदस्य रामसिंह श्रीष र नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पनि बाेलेका थिए ।
अाज कार्यक्रम शुरू हुनु पूर्व शान्तिपूर्ण र्याली निकाल्न खाेजिदा प्रहरीले निकाल्न दिएकाे थिएन ।
विहीबार चार कम्युनिष्ट पार्टीले संयुक्त रुपमा शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय अनुसार आज देशभर शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो।
विहीबार बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।







