
प्रधानमन्त्री केपी अाेली दिल्ली भ्रमणमा रहँदा यता नेपालमा भने गृहमन्त्री रामबहादुर थापा बादलले अाेलीले हालै सचिवहरूकाे सरूवा निर्णयका विरूद्ध गंभीर असहमतिसहित छुट्टै बैठक बसेर अाेलीलार्इ चुनाैती दिने भएका छन् ।
पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बसेर बादलले सचिवहरूकाे सरूवाबारे गंभीर असहमति जनाउदै त्यसलार्इ खारेज गर्न संघर्ष गर्ने भएका छन् ।
आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोख्दै अाेलीले निर्णयमा पुनर्विचार नगरे कडा कदम चाल्ने बताइएकाे छ।
माओवादी मन्त्रीहरुकाे छुट्टै बैठक बसेर उनीहरूले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट फर्कनासाथ ‘अब्जेक्सन’ जनाउने भएकाे छ ।
अहिले गृहमन्त्रालयमा ल्याइएका गृहसचिव प्रेम रार्इ अाेलीका भक्त भएकाे भन्दै त्याे निर्णय नसच्चाइए अाेलीका विरूद्ध माअाेवादी केन्द्र र मन्त्रीहरूले अर्काे बाध्यकारी निर्णय गर्न जाने भएकाे छ ।
प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका हुन् ।
क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ । ओलीको यस्तो एकलौटी कार्यशैली शैह्य नहुने भन्दै गृहमन्त्री थापाले आक्रोश व्यक्त गरेको स्रोतले बतायो ।
सरकारमा रहेका माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई यसबारे कुरा राख्ने अनि प्रचण्डले केपी ओलीलाई सम्झाउने बताइएकाे छ ।
यसैबीच शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा बादल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने स्रोतले बतायो ।
केपी ओलीको यस्तो कार्यशैलीले पार्टी एकतालाई समेत असर पार्न सक्ने भन्दै माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाडेर अर्काे विकल्प राेज्न बाध्य हुने बादलले अाफ्नाे बैठकमा राखेकाे बुझिएकाे छ ।
माअाेवादी केन्द्रका छुट्टै मन्त्रीहरूकाे बैठकले एमालेबाट सरकारकाे नेतृत्व गरिरहेका अाेली अर्काे संकटमा फस्ने देखिएकाे छ ।







