रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो ।

बुटवल उपमहानगरपालिकाको दमकल र अग्नि नियन्त्रकहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुलेको छैन ।

टवल-८ सुख्खानगरमा रहेको डिपार्टमेन्टको चौथो तल्लामा आगो लागेको हो। उक्त तलामा सबै विद्युतीय सामाग्रीहरू थिए।

आगलागी निभाउन स्थानीय, नेपाली सेना सशस्त्र प्रहरी, र नेपालप्रहरीसहित १ वटा दमकलले प्रयास गरिरहेका छन् ।

यद्यपी आगलागी नियन्त्रणमा आउन सकेको छैन।  घटनाको विस्तृत विवरण केहीबेरपछि।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार