भारतविराेधी भनेर चिनिएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पुगेर नेपाल अब चीनतिर नढल्कने भन्दै भारतलार्इ अाश्वस्त पार्न खाेजेका छन् ।

भारत भ्रमणका क्रममा अाेलीले अाफु भारतविराेधी नभएकाे चीनतिर नढल्कने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

अाेलीले भारत भ्रमणका क्रममा त्यहाँका नेता र बुद्धिजीवीहरुमा कम्युनिष्ट सरकार आएपछि लोकतन्त्र संकटमा पर्छ कि भन्ने भ्रम पाएको बताए ।

उनले भारतलार्इ अाश्वस्त पार्दै भनेका छन्, ‘यो गलत भ्रम हो । अर्को चाहिँ नेपाल कुनै एउटा  चीनतिर ढल्कने हो कि भन्ने भ्रम रहेछ । याे पनि सरासर ठूलाे भ्रम हाे ।’

ओलीले यी दुबै भ्रमहरुबाट मुक्त हुन भारतीयलाई आग्रह गरेका छन् ।

शनिबार साँझ इण्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका ओलीले पटक पटक अाफु भारत विराेधी र चीनतिर नढल्कने अभिव्यक्ति दिइरहेका थिए ।

‘हामी कतै ढल्कँदैनौं, समानताका आधारमा सबैछिमेकीसँग सम्बन्भ राख्छौं ।’ अाेलीले साेही कार्यक्रममा भने ।

आफू लोकन्त्रका लागि लडेको र १५ वर्षसम्म जेल बसेको व्यक्ति भएकाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको भन्दै अाफुलार्इ अविश्वास नगर्न भारतीय पक्षलार्इ पुन अाग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार