
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले चैत्र २४ गतेका दिन अाफ्नाे पार्टीकाे नेतृत्वमा देशैभरी जनआन्दोलन दिवस मनाइरहँदा सरकारले गरेकाे दमनकाे तीव्र रूपमा भर्त्सना गरेका छन् ।
कैलालीलगायत कंचनपुरमा नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा सरकारले गरेकाे दमनकाे भर्त्सना गर्नुका साथै २९ अाैं जनअान्दाेलन दिवस मनाउन अहाेरात्र खट्ने नेता कार्यकर्तालार्इ महासचिव विप्लवले विशेष धन्यवाद प्रकट गरेका छन् ।
महासचिव विप्लवले एक प्रेस विज्ञेप्ती जारी गर्दै विश्वकाे उत्कृष्ट लाेकतान्त्रिक लाेकतन्त्र भनिएकाे वामपन्थी सरकारले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामाथि गरेकाे दमन सरकार कुर बन्दै गइरहेकाे उल्लेख गरेका छन् ।
‘चैत २४ गतेले जनताको विद्रोहको नेतृत्व गर्दछ । तर लोकतन्त्र, मानवअधिकारको वकालत गर्ने, भूतपूर्व वामपन्थीहरुको सरकारले जनतामाथि दमन थोपरिरहेका छन् ।’ महासचिव विप्लवले भनेका छन्, ‘उनीहरुले विश्वकै उत्कृष्ट भनिरहेका संविधानमा दिइएको अधिकारलाई पनि लत्याएर सामान्य, संगठन गर्ने, सभा जुलुस गर्ने र विचार राख्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाएको छ ।’
शनिबार धनगढीमा भएको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले दमन गरी दर्जनौं घाइते बनाउनुका साथै ३ दर्जनभन्दा बढिलाई गिरफ्तार गरेको थियो ।
सरकारकाे यस्ताे हर्कतलार्इ कडा रूपमा निन्दा गर्दै सरकारको यस्तो रवैयाले वर्तमान सत्ता क्रुर तानाशाह बन्दै गएको बताएका छन् ।
पछिल्लो क्रममा सरकारले नेकपाका नेता-कार्यकर्तालाई गिरफ्तार गर्ने, बेपत्ता पार्ने, झुठा मुद्दा लगाउने गरेको भन्दै यस्ता दमनले क्रान्तिकारीहरू कुनै असर नगनेर् विप्लवकाे भनार्इ छ ।







