
विद्यमान संविधान र संसदीय व्यवस्थाभित्र रहेर काम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताएका छन्।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले देशव्यापाी वैकल्पिक जनसरकार बनाइरहेकाे बेला डा. भट्टरार्इले पनि यस्ताे बताएका हुन् ।
भट्टरार्इले उनकै शव्दमा देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताएका छन्।
नयाँ शक्ति सिन्धुलीले आज अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताए।
नेता भट्टराईले भने,’सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौं।’
त्याे वैकल्पिक सरकारकाे बनाेट कस्ताे हुनेभन्नेबारे भट्टरार्इले प्रष्ट रूपमा खुलाउन चाहेनन् । रासस







