नेकपा क्रान्तिकारी (माअाेवादी)का नेता सिपी गजुरेलले रामबहादुर थापा बादलले माअाेवादी केन्द्रमा अात्मसमर्पण गरेर गएका कारण गृहमन्त्री पाएकाे दाबी गरेका छन् ।

बादललार्इ प्रतिक्रियावादीहरूले प्रयाेग गर्नका लागि अहिले गृहमन्त्री दिएकाे गजुरेलकाे ठाेकुवा छ ।

एक अनलाइन भिडियामा अन्तवार्ता दिदै गजुरेलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपालार्इ दमन गर्न पनि प्रतिक्रियावादीहरूले प्रयाेग गरेकाे हुन सक्ने बताए ।

वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीबाट प्रचण्ड नेतृत्वकाे माअाेवादी केन्द्रमा एक वर्षअघि बादलसहित ठूलाे पंक्ति गएकाे थियाे ।

‘विप्लव नेतृत्वकाे नेकपालार्इ दमन गर्न बादललार्इ प्रयाेग गरेकाे हाे ?’  भन्ने प्रश्नमा गजुरेलले भनेका छन्, ‘पक्कै पनि । किनकि बादलले त्यत्तिकै हाम्राे पार्टी छाेडेकाे त हाेइन नि !’

गृहमन्त्री खान सक्ने मान्छे तमाम हुँदाहुँदै पनि माअाेवादी केन्द्रबाट बादललार्इ नै दिनुकाे भित्री मक्सद भनेकै क्रान्तिकारीहरूलार्इ दमन गर्न उनलार्इ प्रयाेग गरेकाे गजुरेलकाे भनार्इ छ ।

भिडियाे –

https://www.facebook.com/100005670288714/videos/759040150961654/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार