स्वतन्त्र तिव्वत पक्षधर मास्टर कर्मा तन्पाइ ग्यालसेनलार्इ प्रधानमन्त्री केपी ओलीले भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई ग्यालसेनले स्वागत गर्ने क्रममा दुतावासमै भेटेको तस्विर समेत सार्वजनिक भएको छ।

तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका निकट अनुयायी मास्टर कर्मा तन्पाइ ग्यालसेनबीच भएको यो भेटको तस्विर सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा यसको चर्चा व्यापक भएको छ।

केही समय अगाडि एमालेका अध्यक्ष समेत रहेका ओलीलाई मास्टर ग्यालसेनले नेपालमै पनि भेटेर थिए । मास्टर ग्यालेसन नेपाल र भारत दुबैतिर बस्दै आएको बताइन्छ। उनले ओलीसँग निकट सम्बन्ध बनाएको स्रोतको दावी छ ।

ग्यालेनसँगको यो भेटपछि चीनियाँ कुटनीतिज्ञहरुले पनि यसलाई गम्भिरतापूर्वक लिएको बताइन्छ। नेपालले एक चीनको पक्षमा उभ्याउँदै आएको छ।

चीन विरोधी गतिविधीलाई नेपालले नियन्त्रण गर्दै आएको छ। तर स्वयं प्रधानमन्त्रीको यो भेटले चीन शसंकित भएको बताइएकाे छ।

वोवाओ सम्मेलनलाई छल्ने गरी जस्तो भएको ओलीको भारत भ्रमणमा बेलामा स्वतन्त्र तिव्वत पक्षधरसँगको यो भेटलाई लिएर प्रधानमन्त्री ओलीको आलोचना समेत भएको छ।

हाम्राडटकम अनलाइनमा अाधारित समाचार ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार