माअाेवादी केन्द्रकाे युवा संगठन याेङ कम्युनिस्ट लिग (वाईसिएल) काे जाजरकाेट जिल्ला सचिवसहित झण्डै एक दर्जन युवाहरू नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

माअाेवादी केन्द्र बाहेक एमाले र कांग्रेसका जिल्लास्तरीय नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् । उनीहरूले प्रेसविज्ञप्ती सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

वाम गठबन्धनका नाममा संगठित राजनैतिक गिरोहले समाजवादको झुठो सपना देखाइ युवाहरुको जीवन बर्वाद गरिरहेका बताउदै नेकपा माओवादी केन्द्र निकट वाईसिएल जाजरकोटका सचिव नरेश कुमार शाही, नेकपा एमाले वडा कमिटी उपाध्यक्ष खड्कबहादुर सिंह, नेपाली कांग्रेस निकट तरुणदलका वडा सचिव विनायक विक्रम शाही, नेकपा माओवादी केन्द्रका भेरी नगर सदस्य धन बहादुर चन्द, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य विराजन शाही, नेकपा एमाले पार्टी सदस्य तुलाराम शाही र नेकपा माओवादी केन्द्र निकट वाइसिएल सदस्य झलक सिंहले प्रेस विज्ञप्ती सार्वजनिक गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई फुलमाला र अविर लगाएर नेपाल कम्युनिष्ट पार्टीका भेरी ब्युरो सदस्य तथा उर्जा विभागका सदस्य वीरबहादुर खड्का (क्षितिज) र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले स्वागत गरेका छन् ।

सार्वजनिक गरिएको प्रेस विज्ञप्तीको परुर्ण पाठ –
कथित निर्वाचन सम्पन्न भैसकेपछि कथित वाम गठबन्धनका नाममा संगठित राजनैतिक गिरोहले समाजवादको झुठो सपना देखाइ युवाहरुको जीवन बर्वाद गरिरहेका छन् । यहि परिवेशमा विगतमा हामी नेपाली काग्रेस, कथित वाम गठबन्धनका समाहित नेकपा एमाले र माओवादी केन्द्रका तपसिल जिम्मेवारीमा रहि कार्यरत रहेका थियौं ।

अब आम युवाहरुको मुक्ति र समाजवादको सपना नवसंशोधनवादी तथा सामाजिक दलालबाट नहुने भन्दै आजैका मितिदेखि हामी ती पार्टीका सबै जिम्मेवारीबाट अलग भई एकीकृत जनक्रान्तिको वैज्ञानिक समाजवादको यात्रामा संघर्षरत पार्टी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार