नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य एवं पार्टीकाे जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेलले पूरानाे दलाल सत्तालार्इ देशव्यापी रूपमा विघटन गरिने बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनसरकारको रुपमा कार्यरत जनपरिषदको म्याग्दी जिल्ला अधिवेशनलार्इ संवाेधन गर्दै भुजेलले यस्ताे बताएकी हुन् ।

म्याग्दी जनपरिषदकाे अधिवेशनको प्रमुख आतिथीकाे रूपमा बाेलदै भुजेलले  जनयुद्धले निर्माण गरेकोे सत्ता प्रचण्ड–बाबुराम मण्डलीले विघटन गरेको कारण जनअिधकार गुमेकाे सत्तालार्इ अब अाफ्नाे पार्टीले नयाँ शिराबाट जनसत्तालार्इ विकास गरेर लैजाने बताइएन ।

उनलेे भनिन्, ‘पुरानो दलाल सत्तालाई देशव्यापी विघटन गरिनेछ र नयाँ जनसत्ताले जनसेवा तथा विकास निर्माणको जिम्मा लिने छ ।’

उनले नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईसहित विभिन्न जिल्लामा नेकपाका नेता–कार्यकर्ताको गिरफ्तारी र झुठ्ठामुद्दा लगाउने सरकारकाे कडा रूपमा अालाेचना गरिन् ।

शान्तिपूर्ण भेला, संगठन गर्ने तथा विरोध प्रदर्शन गर्न पाउने विश्वव्यापी मानवअधिकारको समेत सरकारले प्रतिवन्ध लगायतकोप्रति भुजेलले सरकार फासिवादी बन्दै गएकाे अाराेप लगाइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य धुर्व घिमिरे ‘विप्लव’लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । अधिवेशनले जगत पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ ।

नेकपाले देशव्यापी रूपमा जनपरिषद बनाएपछि सरकारलार्इ ठूलाे चुनाैती थपिएकाे विश्लेषण गर्न थालिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार