अमेरिकाको निर्देशनमा कोलम्बियाकाे सरकारले पूर्व क्रान्तिकारी सशस्त्र शक्ति काेलम्बिया (फार्क) का विद्रोही समूहका एकजना उच्च नेतालाई बोगोटामा पक्राउ गरिएको छ।

पूर्व शान्ति वार्ताकार र भविष्यका एक सांसद खेसूस सान्ट्रिजमाथि अमेरिकाले सुपुर्दगीका लागि आग्रह नगरूञ्जेल सान्ट्रिजलाई थुनामा राखिने भएकाे छ।

पूर्व क्रान्तिकारी सशस्त्र शक्ति काेलम्बिया (फार्क) का विद्रोहीले सन् २०१६ मा कोलम्बिया सरकारसँग शान्तिवार्तामार्फत शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो।

अाफ्ना पूर्व विद्राेही नेता सान्ट्रिजलार्इ पक्राउ गरेकाे भन्दै एकजना वरिष्ठ फार्क नेता इभान मार्कुएजले शान्ति प्रक्रियामा नराम्रोमध्येको एउटा घटना भएको प्रतिक्रिया दिएका छन्।

गत वर्ष निःशस्त्र भएपछि रिभोल्युशनरी आर्म्ड फोर्सेज अफ कोलम्बियाले एउटा राजनीतिक पार्टी गठनको घोषणा गरेकाे थियाे।

शान्ति सम्झौता अनुसार चुनावहरूमा जति सीट ल्याए पनि फार्क विद्रोहीलाई सन् २०२६ सम्म कंग्रेसमा १० सीट दिइने निर्णय भएकाे थियाे ।सान्ट्रिजले आउँदो जुलाइमा सांसद पद सम्हाल्ने तय भएको थियो।

टेसिभिजनमार्फत गरेको सम्बोधनका क्रममा कोलम्बियाका राष्ट्रपति ख्वाँ म्यानवेल सान्तोषसँगै उभिएका महान्यायाधिवक्ता मार्टिनेजले भने, “ती जो पक्राउ गरिएका छन्, उनीहरूले शान्ति सम्झौताको मूल्य र सिद्धान्तलाई धोका दिएका छन्।”

न्यूयोर्कस्थित एउटा अदालतले पूर्व शान्ति वार्ताकार र भविष्यका एक सांसद खेसूस सान्ट्रिजमाथि लागुऔषध तस्करीको आरोप लगाएको छ।

कोलम्बियाका महान्यायाधिवक्ता नेस्टोर मार्टिनेजका अनुसार सान्ट्रिजले ३२ करोड डलर मूल्य पर्ने १० टन लागुऔषध कोकिन निर्यात गर्ने योजना बनाइएकाे अाराेप लगाइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार