नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओली अन्तत भारतसित अात्मसममर्पण गरेर लम्पसारवादी बनेकाे गंभीर अाराेप लगाएका छन् ।

बिजुक्छेले चुनाव जित्नका लागि अाेलीले राष्ट्रवादकाे भाषण दिएकाे भन्दै अहिले अाएर उनकाे राष्ट्रवाद दिल्ली भ्रमणमा गएर अन्त्य भएकाे दाबी गरेका छन् ।

भारतले सरकार ढालिदिने डरले प्रधानमन्त्री ओलीले हतारमा पहिलाे भ्रमण भारतबाटै गरेकाे अर्काे आरोप लगाएका छन् । मिडियासँगकाे कुराकानीमा उनले यस्तो ठोकुवा गरेका हुन् ।

“नेपाल मेरो संरक्षणमा छ नेपालका हरेक नयाँ प्रधानमन्त्री मेरो सेवामा हाजिर हुन भारत आउनुपर्छ भन्ने भारत सम्झिन्छ “। बिजुक्छेले भनेका छन् ।

एक प्रसंगमा उनले स्वाभिमान र राष्ट्रियताको कुरा ओलीले मुखले मात्रै भन्ने गरेका र नेपालका बुद्धिजिवीहरु सोझा जनता झुक्याउने खालका भएको भन्दै जनताले राम्रा नेता छान्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

नेपालले भारतसँग रेल र जलमार्फत जोडिने कुरा पंचायतकालमै भएकोले ओलीले नयाँ कुरा केहि पनि नगरेको विजुक्छेको जिकिर छ ।

अर्को एक प्रसंगमा बिजक्छेले प्रचण्डले भारतले जे भन्यो त्यहि कुरा मान्ने भन्दै उनकै निर्देशनमा माओवादीले ओलीलाई सरकारमा सहयोग गरेको दावी समेत गरे ।

नारायणमान बिजक्छे नेपालकाे इमान्दार कम्युनिस्ट नेताका रूपमा चिन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार