नेपाल कम्युनिस्ट पार्टीको जनसरकार गुल्मीले पनि गुल्मीमा रहेका सम्पूर्ण जनप्रतिनिधिहरुलाई तत्काल राजिनामा दिन चेतावनी पत्र पठाएको छ ।
जिल्ला जनपरिषद गुल्मीका उपप्रमुख प्रशान्त बरालको नाममा लिखित पत्रमा यो दलाल संसदीय व्यवस्थाले नेपाली जनताको भविष्यमाथि खेलवाड मात्र गरेको भन्दै तुरुन्त राजिनामा दिन पत्र पठाएको छ ।
राजिनामा नदिए त्यसको परिणाम जस्तोसुकै हुने चेतावनी पनि नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषदले बताएको छ ।
नेकपाले अहिले देशव्यापी रुपमा पुरानो सत्ताका जनप्रतिनिधिहरुलाई राजिनामा पत्र पठाएपछि प्रतिनिधिहरु आतंकित बनेका छन् ।
संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादी सत्ताकोलागि संघर्षरत नेपाल कम्युनिष्ट पार्टीले देशैभर समानान्तर सत्ता निर्माणलाई पनि निरन्तरता दिएपछि पूरानाे सत्ता र नयाँ सत्ता प्रत्यक्ष टकरावमा देखिएका छन् ।








