
कालिका कन्स्ट्रक्सन कम्पनीको कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।
चितवनमा रहेको उक्त कम्पनीको मुख्य कार्यालयमा अहिले शक्तिशाली शक्तिशालि बम विस्फोट भएको हाे ।
घटनाको थप विवरण आउन बाँकीे छ भने उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
स्थानीयले दिएको जानकारीअनुसार अज्ञात समूहले मंगलबार राति करिब ९ः१५ बजेतिर कार्यालयमा शक्तिशाली बम बिस्फोटको अावाज अाएको थियो ।
यसअघि राप्रपा नेता विक्रम पाण्डेको निर्माण सम्बन्धि उक्त कम्पनीको हेटौडा कार्यालयमा पनि बम विस्फोट भएको थियो भने चैत्र २० गते सिन्धुलीको हरिहरपुरगढीस्थित क्याम्पमा आगजनी भएको थियो ।







