नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको चितवन जनपरिद्ले भरतपुरमा २ हजार प्रतिशत कर बृद्धि गर्न मुख्य भूमिका खेलेकाे ठहर गर्दै जिल्लाका एक वडाअध्यक्षमाथि जनकारवाही गरेको छ ।

भरतपुर महानगरपालिका १० का वडाअध्यक्ष अरुण पीडित भण्डरीलाई नेकपाका कार्यकर्ताले मंगलबार सार्वजनिक स्थलमै कालोमोसो दलेर कारवाहरी गरेका हुन् ।

दुई हजार प्रतिशत कर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद्‍ चितवनले जनाएको छ ।

देशकै सबैभन्दा बढी कर वृद्धि गरेको भन्दै महानगरपालिकाकी मेयर रेणु दाहालको पनि आलोचना भइरहेको छ ।

दाहालकै प्रस्तावमा करवृद्धि भएको वडाअध्यक्ष भण्डारीले खुलासा समेत गरेका छन् ।

यसअघि पनि भ्रष्टाचारी, कमिसनमा नेकपाले चेतावनी स्वरुप कालोमोसो दल्दै आएको थियो तर जनपरिषद्कै नामबाट गरिएको यो पहिलो कारवाही हो ।

त्यसबाहेक भण्डारीलाई निर्वाचनपछि दुईहजार प्रतिशतसम्म कर बृद्धि गरेको, पत्रकार र महिलामाथि दुव्र्यवहार गरेको लगायतका आरोप लगाईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार