नेपाल कम्युनिस्ट पाटीले रामेछापमा पूरानो सत्ताका प्रतिनिधिहरुलाई पत्र लेखेर राजिनामा दिन चेतावनी दिएको छ ।
नेकपाको आफ्नै सत्ता मानिने रामेछाप जिल्ला जनपरिषदले जिल्लाका आठवटै तहका जनप्रतिनिधिहरुलाई अविलम्ब राजिनामा दिन चेतावनी दिएको छ ।
जिल्ला जनपरिषद रामेछापका प्रमुख तुफानको नाममा जारी पत्रमा पूरानो दलाल संसदयि व्यवस्थाका कारण देशमा भ्रष्टचार, माफियाखोर, कमिशनखोरहरुले देशलाई कमजोर बनाएको भन्दै यो व्यवस्थामा रहेर कुनै पनि काम नगर्न प्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।
देशमा पूरानाे दलाल संसदीय व्यवस्थालार्इ अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्थाकाे स्थापनाले मात्र देशमा शान्ति, समृद्धि र विकास हुने भएकाेले नेकपाकाे जनसत्तामा सहभागी भइदिन पनि जनपरिषदले पूरानाे सत्ताका प्रतिनिधीहरूलार्इ अाग्रह गरेकाे छ ।
जनपरिषदले गरेको आग्रहलाई कमजोर ठाने कडाभन्दा कडा कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।








