
नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इलार्इ अर्काे ठूलाे झट्का लागेकाे छ ।
एक वर्ष अगाडि बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँशक्ति पार्टीका केन्द्रीय नेता धिरज शेर्पाइलीले आफूले उक्त पार्टी परित्याग गर्न लागेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो जानकारी गराएका हुन् ।
‘२८ वर्ष मेरो राजनितिक जीवन भरी १७ हजार सहिद भएछन् र २५ प्रधानमन्त्री भएछन् । देश जस्ताको तेस्तै । किन ?’ नेपालको राजनीतिप्रति इंगित गर्दै उनले फेसबुकमा यस्तो प्रश्न गरेका छन् ।
शेर्पाइली जनयुद्धकालमा भारतमा रहेर प्रवाशी नेपालीहरुको मोर्चा अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आएका नेता हुन् । उनकी श्रीमती ज्योती शेर्पाइली पनि माओवादी राजनीतिमा सक्रृय कार्यकर्ता हुन् ।
लामो समय माओवादी आन्दोदनमा सकृय धिरज ०७२ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबार्ट दांगको ५ निर्वाचन निर्वाचन क्षेत्रबाट उमेदवार बनेका थिए ।
त्यसपछि बाबुराम भट्टराईले नयाँ पार्टी बनाएपछि उनी सो पार्टीमा आबद्ध भएका थिए ।
नयाँशक्ति परित्याग गर्न लागेको जानकारी दिँदै उनले भावी राजनीतिबारे कुनै सोंच नबनाएको प्रतिकृया दिएका छन् ।
उनको पार्टी परित्यागले सो पार्टीलाई दाङमा ठूलो क्षति हुने अनुमान गरिएको छ ।







