वैशाखमा पार्टी एकता गर्ने भनेर तम्सेकाे एमाले र माअाेवादी केन्द्रकाे एकता फेरि एकाएक ब्रेक भएकाे छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी अाेलीकाे भूमिका र कार्यशैली स्वेच्छाचारी भएकाे भन्दै माअाेवादी केन्द्रले यस्ताे निश्कर्ष निकालेपछि एकता प्रकिया पुन धरापमा परेकाे छ ।

प्रधामन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै शसंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्ने भएकाे छ ।

‘ओली जी जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसले हाम्रा नेतालाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ। अहिले पर्ख र हेरकै अबस्थामा छौं।’

पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु¥याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैलीलार्इ हेरेर अगाडि बढ्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको छ ।

प्रधानमन्त्री अाेलीले हालै कयाैं सचिवहरूलार्इ सरूवा गर्दा माअाेवादी केन्द्र र उसका मन्त्रीहरूसँग सरसल्लाह नगरेकाे भन्दै माअाेवादी केन्द्रका मन्त्रीहरू अाेलीसँग क्रुद्ध बनेका छन् ।

माअाेवादी केन्द्रका नेता एवं गृहमन्त्री समेत रहेका रामबहादु थापा बादलले त अाेली भारत भ्रमण रहेकाे बेला गृहमन्त्रालयमा अाफ्नाे पार्टीका मन्त्रीहरूकाे छुट्टै भेला अायाेजना गरेर अाेलीकाे कार्यशैलीप्रति तिखाे अालाेचना गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार