
पूरानाे सत्ताका जनप्रतिनिधिहरूलार्इ राजिनामा दिएर काम नगर्न भन्दै नेपाल कम्युनिस्ट पार्टीले चेतावनी दिइरहँदा अहिले अाएर उसकाे सत्ता झन् अाक्रमक बन्न थालेकाे छ ।
नवलपुरमा नेकपाकाे अाफ्नै सत्ता मानिने जनसरकारले एक गाउँपालिकाकाे कार्यालयलार्इ नियन्त्रणमा लिएकाे छ ।
अवध स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद नवलपुरले गाउँपालिकाको कार्यालय नै कब्जामा लिएको हाे ।
नवलपुरको हुप्सेकोट गाउँपालिका – ३ को कार्यालयमा रहेका कमप्युटर,प्रिन्टरलगायतका कार्यलयका सम्पूर्ण सामानहरु जनपरिषद्ले बुधबार राति कब्जा गरेकाे छ ।
त्यसैगरी रुपन्देहीको अोमसतिया गाउँपालिका-५ को कार्यलयमा रहेका कम्पयुटर,प्रिन्टर र फोटोकपी मेशिन पनि जनपरिषदको कब्जामा लिएको छ ।
नेकपाले अब गाउँ गाउँमा गाउँपालिका नै नियन्त्रणमा लिन थालेपछि पूरानाे दलाल सत्ता र नयाँ जनसरकारबीच प्रत्यक्ष टकराव पर्न थालेकाे छ ।







