
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनले एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ साम्राज्यवादका थाेत्रा शिष्य भएकाे अाराेप लगाएका छन् ।
केही समयअघि केपी अाेलीले अाफ्नाे पार्टी नेकपालार्इ मार्क्सवादमा बन्दुककाे कुरा नभएकाे भन्ने गरेकाे भाषणलार्इ प्रतिकार गर्दै नेता सुदर्शनले यस्ताे अाराेप लगाएका हुन् ।
मार्क्सवादी सिद्धान्त थाेत्राे भएकाे भन्ने केपी अाेलीकाे भाषालार्इ कडा शव्दमा जबाफ दिदै नेकपा नेता सुदर्शनले यथार्थमा मार्क्सवाद पूरानाे भएकाे हाेइन केपी अाेली र प्रचण्डकाे दिमाग थाेत्रा भएकाे बताएका छन् ।
नेकपा निकट राताेखबर साप्ताहिकमा अाफ्नाे विचार प्रस्तत गर्दै नेकपा नेता सुदर्शनले यस्ताे अराेप लगाएका हुन् ।
नेता सुदर्शनकाे विचारकाे सानाे अंश –
माक्र्सवादलाई “थोत्रा किताब”को संज्ञा दिने केपी ओली र पीके दाहाल ज्यू, माक्र्सवादका आधारभूत सिद्धान्तहरुमध्ये कुन चाँहि थोत्रो भएको छ । वर्गसंघर्षको सिद्धान्त आधारभूत रुपमा साम्यवाद नआएसम्म बैज्ञानिक हुन्छ । निश्चय नै अहिलेका उत्पीडित र उत्पीडकको स्वरुप बदलिएको छ । नेपालमा सामन्तवादको सट्टा दलाल पुँजीवाद नेपाली जनताको प्रमुख दुश्मन बनेको छ । किसान, मजदुर, सिपाही, सुकुम्बासी र मध्यमवर्ग क्रान्तिका प्रेरक तत्वहरु बनेका छन् । अन्तर्राष्ट्रियरुपमा निगम पूँजीवाद तथा उत्तर साम्राज्यवाद श्रमिक जनताको दुश्मन हो । वर्ग संघर्षको उच्चतमरुप सशस्त्र संघर्ष हो ।
माक्र्सले ‘पुरानो समाजबाट नयाँ समाज जन्माउन बलले धाईको भूमिका खेल्छ’ भन्ने कुरा आज झन् बैज्ञानिक सावित भएको छ । केपी ओली र पिके दाहालले पुरानो समाजबाट नयाँ समाज बैज्ञानिक समाजवाद जन्माउन बाधक बन्दछन् भने जनता बल प्रयोग गर्न तयार हुन्छन् । दलाल संसदीय ब्यवस्था बचाउन उनीहरु सेना प्रहरीको प्रयोग गर्छन भने जनताले हातमा दही जमाएर बस्दैनन् । ‘बन्दुकबाट छुट्टि पाउन बन्दुक उठाउनैपर्छ’ भनेर माओले व्यवहारिक परीक्षणविना भन्नुभएको होइन । सशस्त्र क्रान्तिबाट सत्ताच्यूत भएको वर्ग जनताको जनवादी अघिनायकत्वबिना हातमा दही जमाएर बस्दैन । उसको प्रतिक्रियावादी आदत नियन्त्रण गर्दै पुनर्संस्कार गरेर मात्र वास्तविक मानव जातिको समाज व्यवस्थालाई साम्यवादमा पु¥याउन सकिन्छ ।
अन्तत : माक्र्सवादी किताब र सिद्धान्त थोत्रा भएका होइनन्, बरु केपी र पीकेका दिमाग थोत्रा भएका हुन् । उनीहरु नै थोत्रो साम्राज्यवादका थोत्रा शिस्यहरु हुन् ।
श्री केपी ओलीले ‘खेल र खाल उठिसक्यो अब च्याँखे थापेर हुँदैन’ भन्ने अभिब्यक्ति रिपोर्टर्स क्लवमा उभिएर नेपाल कम्युनिस्ट पार्टीलाई औलो ठड्याएका छन् । उनले पीके दाहाललाई साक्षी राख्दै उनलाई जुवा हारेको र खेल हारेको सावित गरेका छन् ।नेकपालाई जुवा हारेको खालमा च्याँखे थाप्न खोजेको भनी गम्भिर आरोप लगाएका छन् । श्री केपी जी, हामी पीके दाहाल जस्ता क्रान्तिलाई जुवामा दाउ लगाइदिने हारेका जुवाडे होइनौं ।
हामी बलियो जुवाडेको साथ लिएर कमजोरलाई हराउने च्याँखे पनि होइनौं । हामी जनतालाई बलियो बनाएर उनीहरुमाथि आधारित भइ क्रान्ति जुवामा हालेर भाग्नेलाई जुवा खालमै गाडेर अघि बढ्ने निरन्तर क्रान्तिका योद्धाहरु हांै । हार र जीतबाट गुज्रँदै अन्तिम विजय हासिल गर्न खुकुरीको धारमा हिड्न तयार भएका जनताका बफादार सिपाहीहरु हौं ।







