रोल्पामा जारी ‘सुनछहरी नृत्य तथा गायन तारा –सिजन १’ काे टप १२ प्रतियाेगी छानिएका छन् ।

‘अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन, मौलिक कला, संस्कृतिको संरक्षण हाम्रो अभियान !’ भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा दुवै विधाबाट छानिएका टप २० बाट मंगलबार भएको प्रतिष्पर्धाबाट टप १२ छानिएका हुन् ।

आगामी चरणको प्रतिष्पर्धा २०७५ बैशाख ३ गते लिबाङमा हुने आयोजकले जनाएको छ । अब पाँचौ चरणको प्रतिष्पर्धामा १२ जनालाई बैशाख ३ गते प्रतिष्पर्धा गराईने र त्यसबाट टप १० निकालिनेछ ।

बैशाख १२ गते टप टेनका प्रतिष्पर्धीहरुबाट छनौट गरी टप ८ निकालिनेछ । र टप ८ बाट प्रतिष्पर्धाबाट बैशाख २२ गते टप ६ निकालिसकेपछि अन्तिम चरणको प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा भने जेठ २५ र २६ गते लिबाङमा आयोजना गरिने र जसबाट दुवै विधाको तारा घोषणा गर्ने कार्यक्रम रहेको सुनछहरी कला केन्द्र रोल्पाका अध्यक्ष दिपिन थापामगरले जानकारी दिनुभयो । ६ जनाको छनौटपछि थबाङ लगायत जिल्लाका विभिन्न ठाउँमा ‘कन्सर्ट’को आयोजना समेत गरिने थापामगरले बताउनुभयो ।

प्रतिष्पर्धामा एसएमएस र टिकट भोटिङ समेत हुने आयोजकले जनाएको छ ।

लोक केसीको संयोजकत्वमा नवीन लोचनमगर र कर्ण खड्का अनुरागी रहने गरी गायनतर्फको निर्णायक र रक्ष क्षेत्रीको संयोजकत्वमा पृथ्वी डाँगी र दिपिन थापामगर नृत्यतर्फको निर्णायक रहनुभएको छ ।

कार्यक्रमको ‘होस्ट’का रुपमा गायक एवम् सञ्चारकर्मी हरि पुन र सञ्चारकर्मी माया स्मृति पुनले गरिरहनुभएको छ ।

गायनतर्फ छानिएका टप १२
१) गनवीर बुढा –सुनछहरी गाउँपालिका
२) इवेश विक –थबाङ गाउँपालिका
३) काशीराम गुरुङ –लुंग्री गाउँपालिका
४) खिम बुढा –सुनछहरी गाउँपालिका
५) शर्मिला झाँक्री –सुनछहरी गाउँपालिका
६) भरत जिएम –माडी गाउँपालिका
७) पूरण घर्ती –रोल्पा नगरपालिका
८) हस्तसिं पुन –रोल्पा नगरपालिका
९) आकाश बिएम –सुनछहरी गाउँपालिका
१०) गोपाल घले गुरुङ –रोल्पा नगरपालिका
११) लोकेन्द्र महरा –रोल्पा नगरपालिका
१२) राजेश सुनार –सुनिल स्मृति गाउँपालिका

नृत्यतर्फ छानिएका टप १२
१) गृष्मा बुढा –परिवर्तन गाउँपालिका
२) नियुक्ति रोका –थबाङ गाउँपालिका
३) बसन्त खड्का –लुंग्री गाउँपालिका
४) मेनुका घर्ती –त्रिवेणी गाउँपालिका
५) कुसुम खड्का –माडी गाउँपालिका
६) युनिसा गिरी –रुन्टीगढी गाउँपालिका
७) अन्जु घर्ती –त्रिवेणी गाउँपालिका
८) सञ्चिता कुवर –रोल्पा नगरपालिका
९) शान्ति पुन –परिवर्तन गाउँपालिका
१०) प्रेमकुमारी घर्ती –सुनिल स्मृति गाउँपालिका
११) हिमा क्षेत्री –सुनिल स्मृति गाउँपालिका
१२) अस्मिता राना –गंगादेव गाउँपालिका

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार