नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना गिरफ्तार नेता कार्यकर्ताहरूलार्इ प्रशासनले रिहा गरेपछि पनि पुन प्रहरीले गिरफ्तार गरेकाे भन्दै वैशाख ४ गते पूर्वी कमाण्ड बन्दकाे घाेषणा गरेकाे छ ।

राज्यले गरेकाे श्वेत–आतंकको निन्दा तथा भत्र्सना गर्दै त्यसका विरुद्ध वैशाख ४ गते नेपाल बन्दसहित थप संघर्षको कार्यक्रम घोषणा गरेको नेकपा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले एक प्रेस विज्ञेप्तीमार्फत यस्ताे घाेषणा गरेका हुन् ।

इन्चार्ज विरहीले सरकार आफैंले आफ्नो संविधान, कानुन र न्यायिक निकायसमेतको धज्जी उडाएको समेत बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिलेबजारबाट गिरफ्तार गरिएकालाई चैत २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोष सावित गरेर रिहा गरेकाे थियाे ।

तर प्रहरीले तत्काल नेकपाका ती रिहा भएका नेताहरूलार्इ पुन गिरफ्तार गरेर हिरासतमा राखेकाले पार्टीले संघर्षका कार्यक्रमहरू घोषणा गर्नुपरेको इन्चार्ज विरहीले बताएका छन् ।

विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार