नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर जान लागेका हुन् ।

संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनेछन् ।

संयोजक भट्टराई भारतमा एक साता रहनेछन् । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

संयोजक भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नेछन् ।

साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन भ्रमण गर्नेछन् । संयोजक भट्टराईसँगै ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानेछन् ।

संयोजक भट्टराई वैशाख ८ गते काठमाडौं फर्किने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार