सत्तारुढ दल नेकपाका एमालेका उपमहासचिव घनश्याम भुषालले एमालेको पपुलिज्मले फासिवाद ल्याउने बताएका छन् ।

केपी ओलीको नाम नलिइकन भुषालले गरिब र सीमान्तकृत जनताको मुद्धालाई हल गर्न छोडेर प्रशान्त महासागरमा जहाज चलाउने कुराले यहाँ नेपालमा केही पनि नहुने बरु मोदीवाद र टम्पवाद भित्रिने गंभीर आरोप लगाए ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा भुषालले माक्र्सवादी कोणबाट समाजका लागि नसोचिए त्यो मोदीवाद र टम्पवाद हुने ठोकुवा गरे ।
भुषालले कार्यक्रममा बाेलेका भनार्इकाे सानाे अंश –
राम्रो कुरा हो, हामीले प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ । तर, प्रशान्त महासागरको त्यो जहाजले हाम्रा सीमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ भन्ने कुरा सोचिएन भने त्यहाँनेर मार्क्सवाद डेभिएट (विचलित) हुन्छ ।
यहाँनेर मार्क्सवाद रहँदैन । मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्कोवाद हुन सक्छ, तर मार्क्सवाद हुँदैन ।
जुन विकासले, जुन समृद्धिले सीमान्त वर्गको समृद्धिलाई समेट्दैन, आधारभूत वर्गका मान्छेसँग त्यो गाँसिँदैन, यस्तो विकासले समस्या ल्याउँछ है भन्नेचाहिँ आठौं, नवौं महाधिवेशनसम्म हामीले निकालेको निश्कर्ष हो ।
अहिले धेरै राम्रा कुराहरु पनि भएका छन् । हामीले संविधान बनायौं, नाकाबन्दीको सामना गर्यौं, चीनसँग सम्बन्ध बढायौं । अहिले वाम पार्टीहरुको एकताको कुरा गर्दैछौं । यी असाध्यै राम्रा कुरा भएका छन् । अब मुलुकको एकसूत्रीय एजेण्डा समृद्धि हुनेछ । आफैंमा यो गलत छैन ।







