
काभ्रेमा एक क्रसर उद्याेगमा शक्तिशाली बम विस्फाेट भएकाे छ ।
काभ्रेको नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित माफियाकाे रूपमा चिनने कुनसाङ् लामाको क्रशर उद्योगमा शुक्रबार राती शक्तिशाली बम विस्फोट भएको हाे ।
बम विस्फोटबाट लामाको क्रशर उद्योग परिसरमा रहेको एउटा क्रसर मेशिन, ३ वटा स्काइभेटर र केही ट्रिफर जलेर नस्ट भएको बताइएको छ ।
विस्फोटबाट करिब दश करोड भन्दा बढिको क्षति भएको अनुमान छ ।
विस्फोटबाट भएको अन्यक्षतिको विवरण र बम विस्फोट कसले गराएको भन्नेबारेमा थप विवरण प्राप्त भएको छैन ।
दलाल र माफियाहरूलार्इ अाक्रमणकाे निशाना बनार्इरहेकाे बेला नेपाल कम्युनिस्ट पार्टीले लामाे क्रशर उद्याेगमा अाक्रमण गरेकाे हुन सक्ने अांकलन गरिएकाे छ ।
अाक्रमणबाट स्थानीहरू खुशी भएकाे हाम्रा समाचारदाताले बताएका छन् ।







