नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले बाँकी जीवन देश र जनताका लागि एक पटक सबैले अर्पण गर्नु पर्ने बताएका छन् ।

शहिद तथा बेपत्ता परिवार समाजको राष्ट्रिय सम्मेलनलाई दाङको घोराहीमा सम्बोधन गर्दै उनले अधुरो क्रान्ति पूरा गर्न जनयुद्धपछि अतिरिक्त बचेको ज्यान अब अाफुहरूले एकीकृत जनक्रान्तिमा अर्पण गरिसकेकाले शहिदहरुको सपना साकार पारी छाड्ने अठोट व्यक्त गरे ।
शहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई नआत्तिन आग्रह गर्दै क्रान्ति अन्तिम अन्तिमतिर आइसकेको छ बुढाकाे भनार्इ थियाे
“तपाईहरुकाे साथ र उर्जा हामीलाई दिनुहोस्, प्रचण्ड बाबुराम जस्तो धोका, गद्धारी गर्ने छैनौं बरु हामी लड्न र मर्न तयार छौं र जितेरै छाड्नेछौं ।” बुढाले भने ।
क्रान्ति सम्पन्न नहुँदै प्रचण्ड बाुरामहरुले हिजोकै व्यवस्थामा गएर शहिदहरुको सपना पूरा गर्ने पार्टीलाई दमन गरिरहेको भन्दै शहिदहरुको सपना क्रान्ति सम्पन्न गर्न सम्पूर्ण शहिद तथा बेपत्ता परिवारहरुलाई क्रान्तिमा गोलबन्ध हुन नेता बुढाले अपिल गरे ।
पुँजीवादी तथा विदेशीहरुको चाकडी गर्दै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टहरुको जरा काट्न आइरहेकाले एमाले माओवादी केन्द्रलाई सामाजिक दलाल पुजीवादीको संज्ञा दिए ।
‘नेपाली जनतालाई झुक्याउन कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिद्धाउन नयाँ दलाल प्रयोग भएका छन्, जनतालाई छल्न शान्तिको नाममा अशान्ति मच्याउन र विकासका नाममा विनाश गर्न विभिन्न चालबाजी हुँदैछ सचेत हुनुहोस्’ बुढाले भने ।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम शहिद संगमका दाई ओम पुन निर्माणले आफूहरुको पार्टी शहिदहरुको रगतले लतपतिएको पार्टी भएकाले शहिदको रगत पखालिने भनेकै क्रान्ति सम्पन्न गरेर जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनकै लागि हुने बताए ।
“शहिद भनेका कसैका निजि हुँदैनन् सबैका हुन्छन्, शहिदको मुल्य ८/१० लाखमा होइन तर अहिलेको व्यवस्थाले शहिदका ठाउँमा विभिन्न शब्दका नाममा शहिदहरुलाई अपमान गरेको छ” नेता पुनले भने ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीकै अर्का पोलिटब्यूरो सदस्य वीरजंगले अन्याय, अत्याचार, विभेदका विरुद्ध बगेको शहिदहरुको रगत कुनै वस्तुसँग तुलना गर्न नमिल्ने बताए ।
त्यस्तै सम्मेलनले राम बहादुर थापा सुन्दरको अध्यक्षतामा ११ सदस्यीय बेपत्ता परिवार समाज केन्द्रीय समिति चयन गरेको छ । जसको महासचिवमा नवराज ढुङगाना, कोषाध्यक्षसोममाया विक रहेका छन् ।
सदस्यहरुमा जानुका सेढाई, रत्न घिमिरे, हरिमाया विक, गणेश बोगटी, सुशीला चौधरी रहेका छन् ।







