
चिनियाँहरूकाे सहयाेगमा प्रधानमन्त्री बनेेका भनिएका केपी शर्मा ओलीले तत्काल चीनकाे भ्रमण गर्न इच्छुक नभएकाे बताइएकाे छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण गराउने उद्देश्यले तयारी थालेपनि स्वयम् प्रधानमन्त्री ओली भने अहिले चीन जान तयार नरहेको उच्च स्रोतको दाबी छ ।
ओलीले पहिलो विदेश भ्रमण मित्रराष्ट्र भारतबाट आरम्भ गरेका हुन् । उनले भारत भ्रमणका क्रममा रेलमार्ग र जलमार्ग निर्माणको लागि महत्वपूर्ण सम्झौताहरु गरेका छन् । ओलीको भ्रमणलाई एमाले र माओवादी केन्द्रले पूर्ण रुपमा सफल र उपलब्धिमूलक रहेको भनेर टिप्पणी गरिसकेका छन् ।
चीनलेपनि ओलीको पहिलो विदेश भ्रमण चीनबाटै सुरु गराउन पहल गरेको भनेर चर्चा भने नभएको होईन् । तर, ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गरे । यो सँगै चीन ओलीसँग रुष्ट बनेको स्रोतको दाबी छ ।
भारतसँग अाेलीले रेलगायत कयाैं गंभीर सम्झाैताहरू गरेकाेकाे असन्तुष्टी व्यक्त गरेकाे बुझिएकाे छ ।
परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कने भएका छन्। ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले वैशाख २ गते सोमबारदेखि ७ गतेसम्म चीनको भ्रमण गर्ने छन्। वैशाख ४ गते ज्ञवालीले आफ्ना समकक्षी यीसँग दुई पक्षिय वार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री ज्ञवाली चीन जान लागेको समेत बताईएको छ ।







