नेपाल कम्युनिस्ट पार्टीका नेता किरण राईसहितको गिरफ्तारी र झुटठा मुद्दा खारेजीको माग गर्दै आजको पूर्वी कमान्ड बन्दको क्रममा कतै अागजनी भएका छन् कतै बम फेला परेका समाचार अाइरहेका छन् ।

पूर्वी बन्दका क्रममा बन्दलार्इ अवज्ञा गरेको भन्दै बन्दकर्ताले जिसमिसेदेखि नै यातायातको साधनमा आगजनी र तोडफोड गरेका छन् ।

काठमाडौंबाट काकरभिट्टा जादै गरेको यात्रुबाहक रात्री बसलाई पुर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी भएको छ ।

त्यसैगरी सुन्धहरिचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा आगजनी भएको छ । त्यसैगरी मोरङ बेलबारीमा २ वटा ट्रकमा आगजनी भएको छ ।

मोरङ उता उर्लाबारीस्थित राजमार्गमा बन्द कर्ताले टायर बालेर राजमार्ग अवरूद्ध गरेका छन् ।

नेकपाकाे पूर्वी बन्दले जनजीवन पूर्णत प्रभावित भएकाे हाम्रा समाचारदाताहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार