नेपाल कम्यृुनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले प्रचण्डको राष्टवाद रुकुमको खाराको दोस्रो असफल आक्रमणपछि भारतमा पुगेर विलय भएको बताएका छन् ।

०६१ सालमा रोल्पाको फुन्टीबाङ बैठकबाट भारत विरुद्ध सुरुङ युद्धको घोषणा गरेको प्रचण्डको राष्टिय मुक्ति युद्ध ०६२ को चुनबाङमा पुगेर पटाक्षेप भएको नेता बुढामगरको आरोप छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता बुढामगरले प्रचण्डले भारतसँग जनयुद्धका क्रममा गरेको गोप्य सहमतिपछि चुनबाङ बैठकको नाटक मंचन गरेर जनयुद्धलाई समाप्त पारेको खुलासा गरे ।

खाराको दोस्रो आक्रमणमा पहिलोपटक प्रचण्ड नजिकबाट सहभागी भएको र उनी बस्ने रोल्पाको निवासमा बम हानिएपछि प्रचण्डमा ठूलो आत्मसमर्पणवाद हावी भएको नेता बुढाले थप खुलासा गरे ।

खाराको दोस्रो असफल आक्रमणपछि प्रचण्डको सुरक्षाका लागि उनलाई बाहिर जिल्लामा सुरक्षित ठाउँ खोज्न आफु रोल्पा छोडेको बेला प्रचण्डले बाबुरामलाई भारत पठाएर आफ्नो सुरक्षित ठाउँ खोज्न पुगेको नेता बुढाले गंभीर आरोप लगाए ।

‘रोल्पामा चारैतिर प्रचण्डको सुरक्षा थ्रेट बढेपछि उनको सुरक्षित स्थान खोज्न म बाहिर जिल्ला लागे । तर त्यही बेलो उनले बाबुरामलाई खुसुक्क दिल्लीतिर पठाएछन् ।’ बुढामगरले भने, ‘खाराको दोस्रो असफल आक्रमणपछि प्रचण्डमा आत्मसुरक्षावाद र आत्मसमर्पणवाद जब्बर मात्रामा हाबी भएछ । अनि उनले बाबुरामसँग खुसुक्क कुरा गरेर दिल्लीको शरणमा पुगेछन् ।’

त्यही बिन्दुबाट जनयुद्धको विसर्जन र राष्ट्रिय मुक्ति आन्दोलनको अन्त्य हुन पुगेको नेकपाका नेता बुढामगरको भनाई थियो ।

चुनबाङ बैठक, दिल्लीमा गरेको १२ बुँदे र शान्ति प्रक्रियामा आइसकेपछि शान्ति सम्झौतामा गरिएका सम्पूर्ण सम्झौताहरु बृहत डिजाइनमा भएको बुढाको निश्कर्ष छ ।

जनसत्ता, जनअदालत, जनकम्युनहुँदे जनमुक्ति सेनाको विघट सबै शक्तिकेन्द्रको डिजाइनमा भएको नेता बुढाको दाबी छ ।

अहिले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनलाई एक ठाउँमा लगेर निश्कर्षमा पुर्याउने काम भइरहेको बुढाले ठोकुवा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार