माअाेवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अाफ्नाे टीम एमालेमा जान तयार रहेकाे स्पष्टाेक्ति दिएका छन् ।

श्रेष्ठलार्इ माअाेवादी  केन्द्रभित्रका प्रचण्ड लाइनका नेता कार्यकर्ताहरूले ‘तपार्इ एमालेमा जान थालेकाे समाचार अाएकाे छ नि ?’ भन्ने  जिज्ञासा राख्दा उनले एमाले र माअाेवादी केन्द्र सारमा कुनै फरक नभएकाेले एमालेमा जान तयार भएकाे स्पष्टाेक्ति दिएका हुन् ।

‘हाम्राे एउटै विचार र एउटै कार्यक्रम छ र हामी दुर्इ पार्टीमा कुनै भिन्नता छैन भने किन अलग अलग बसेर पसल थाप्ने भन्ने मेराे कुरा हाे ।’ श्रेष्ठले भन्ने गरेका छन्, ‘एउटै विचार र कार्यक्रम भएका पार्टीहरू यही व्यवस्था मानेर किन अलग अलग बस्ने ? मैले यत्ति कुरा गरेकाे हुँ ।’

यही सेराेफेराेमा नारायणकाजीले माअाेवादी केन्द्रभित्र टाेपबहादुर रायमाझी, जनार्दन शर्मालगायत नेताहरूसँग छलफलमा जुटेका छन् । नारायणकाजी, जनार्दन र टाेपबहादुर सबैकाे जाेड पचास पचासकाे अडान छाेडेर बिनाशर्त एमालेमा जाने भन्ने रहेकाे छ ।

प्रचण्डले पचास पचासकाे संख्यामा पार्टी एकताकाे अड्काे थापिरहेकाे बेला नारायणकाजी श्रेष्ठले प्रचण्डलार्इ समेत अाफ्नाे हैसियत बुझ्न अाग्रह गरिरहेकाे बुझिएकाे छ ।

एमालेका नेताहरूलार्इ त झन् सजिलाे बनेकाे छ । माअाेवादी केन्द्रभित्रका नेताहरू नै पचास पचाासमा अडान लिन अन्कनाइरहेकाे बेला एमालेका नेताहरूले प्रचण्डकाे कमजाेर पाेइन्ट पत्ता लगाउन कुनै कठिनार्इ छैन ।

त्यही भएर एमालेका नेताहरू अाफ्नाे अडानमा निकै कडा रूपमा प्रस्तुत भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार