एमालेसँग एकतामा जाने निर्णयपछि माओवादी केन्द्रबाट अलग भएर बसेका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ शक्तिशाली क्रान्तिकारी माअाेवादी मूलप्रवाह निर्माण गर्नु पर्ने बताएका छन् ।

किरातीले आज बधबार एक विज्ञप्ती निकालेर नेत्र विक्रम चन्द विप्लवकाे नेतृत्वमा माेहन वैद्यसहितकाे क्रान्तिकारी माअाेवादी धार निर्माण गर्नु पर्नेमा जाेड दिएका छन् ।

याे शक्तिशाली माअाेवादी क्रान्तिकारी धार निर्माणाका लागि किरातीले नेत्र विक्रम चन्द विप्लवलार्इ आग्रह गरेका छन् ।

साथै उनले प्रचण्ड एमालेसँग लम्पसार भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आग्रह समेत गरेका छन् ।

‘नेत्र विक्रम चन्दकाे कार्यकारी नेतृत्वमा कमरेड किरणसहितकाे एक शक्तिशाली  माअाेवादी पार्टी  पुननिर्माणमा अग्रसर हुन प्रचण्ड समक्ष हार्दिक अाग्रह गर्दछाैं ।’ उनले विज्ञेप्तीमा भनेका छन्, ‘कमरेड नेत्र विक्रम चन्दलार्इ माअाेवादी धारकाे केन्द्रीकरणमा निर्णायक पहल बढाइदिनु हुन विशेष अाग्रह गर्दछाैं ।’

गाेपाल किरातीले जब एमालेसँग प्रचण्डले एकताकाे हात अगाडि बढाए त्यहीबेलादेखि निरन्तर असहमति व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट धारकाे नेतृत्व गर्ने कुरा बहस चलाउँदै अाएका छन् ।

किरातीसँग अहिले पनि ठूलाे क्रान्तिकारी पंक्ति रहेकाे बुझिएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार