प्रचण्डका दाहिने हात मानिने माअाेवादी केन्द्रका नेता अग्नी सापकाेटाले पार्टी एकता पचास पचासकाे अाधारमा हुनै पर्ने अडान कसेका छन् ।

निर्वाचनकाे  परिणाामकाे अाधारमा पार्टी काे ठूलाे या सानाे हुने भन्ने कुरा मापन नहुने भन्दै सापकाेटाले इतिहास र अान्दाेलनकाे जगमा पार्टीकाे हैसियत मापन हुने दाबी गरेका छन् ।

एक अनलाइन मिडियासँगकाे कुराकानीमा सापकाेटाले पचास पचासकाे अाधारमा एकताका लागि एमाले तयार नभए एकता हुन नसक्ने ठाेकुवा समेत गरेका छन् ।

माअाेवादी केन्द्रका नेता सापकाेटासँगकाे कुराकानीकाे सानाे अंश –

दुई पार्टीवीच नमिलेको खास कुराचाहिँ के हो ?

प्रथमतः दुईजना अध्यक्ष रहने सहमति भएको छ । तर, छलफल के बाँकी छ भने यो दुई सशक्त धारको पार्टीको एकता हो । यो मर्ज होइन, सहवरण पनि होइन । एकताको भावअनुसार नै दुबै पार्टीका नेता, कार्यकर्तादेखि समर्थन शुभचिन्तकसम्म आत्मसम्मानको स्थिति पैदा हुनुपर्छ । त्यसो गर्न दुई अध्यक्षको कार्यकारी अधिकार समान हुने सुनिश्चित गर्नुपर्‍यो । एउटा कार्यकारी, अर्को सेरेमोनियल भयो भने दुई अध्यक्ष राख्नुको औचित्य पुष्टि हुँदैन ।

सबै तहका कमिटीमा दुबै पार्टीवीच ५०/५० को भागवण्डा गर्नैर्पर्छ भन्ने तपाईहरुको अर्को बटमलाइन हो ?

समानताका आधारमा गर्नुपर्छ भन्ने हो । छलफल गर्दै जाँदा स्पिरिट मिल्यो र समझदारी भयो भने २/४ सीट उता बढी होला, कि यता बढी होला ।

तर, चुनावका बेला त तपाईहरुले ६०/४० स्वीकार्नुभएकै थियो, अब त्यो किन स्वीकार्य नहुने ?

चुनावमा जानेबेलामा प्रतिशतको कुरा गर्‍यौं, त्यो तत्कालीन कार्यनीतिक थियो । अब दुरगामी महत्वको रणनीतिक चरणमा प्रवेश गर्दैछौं । यसमा अन्ततः निर्धारण गर्ने सवाल दृष्टिकोण नै हो । यसमा दुबै पार्टीका नेता, समर्थक सबैलाई यस्तो सन्देश जानुपर्‍यो कि यो वास्तवमा एकता हो ।

चुनावमा २/४ सिट घटीबढी हुन्छ । चुनावका बेला ६०/४० कार्यनीतिक सवाल थियो र ठीकै पनि थियो । तर, पार्टी एकताको निर्धारण विचार र राजनीतिले गर्छ । रणनीतिक सवालमा त्यो सुत्रले काम गर्दैन ।

रणनीतिक प्रश्न कार्यनीतिक सुुत्रमा कैद हुन सक्दैन । हिजो चुनाव जित्नका लागि गरिएको सिट बाँडफाँटले एकताको स्पिरिट पैदा गर्दैन । यो एकताको स्पिरिट होइन । अब समानताका आधारमा सम्मानजनक एकता हुनुपर्छ ।

एउटा ठूलो र अर्को सानो पार्टीवीच एकता गर्दा ५०/५० का आधारमै हुुनुपर्छ भन्नु कसरी प्राकृतिक होला ?

एउटा चुनावमा पाएको केही सिटले मात्रै ठूलो पार्टी र सानो पार्टी भन्ने मूल्यांकन हुन सक्दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार