नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

ती संगठनहरूले आज काठमाडौंको भोटाहिटीमा संयुक्त  कार्यक्रम आयोजना गरी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै जनविरोधी हर्कतको विरोध गरेका हुन् ।

सो विरोध कार्यक्रममा बोल्दै जनवर्गीय संगठनका नेताहरूले वामपन्थी भनिएको ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि नघटाए थप संघर्ष कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

उनीहरुले पटक–पटक जनताका ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिले जनताको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको र दैनिक उपभोग्य वस्तु र सेवामा समेत कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बनेको भन्दै भत्र्सना समेत गरेका छन् ।

वामपन्थीहरूकाे नेतृत्व गरेकाे केपी अाेली सरकारले हालै मात्र डिजेल, पेट्राेललगायत पेट्राेलियम क्षेत्रमा भारी मात्रामा मुल्यबृद्धि गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार