पूर्वी नेपाल र मधेशमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता गिरफ्तार गरेर श्वेत अातंक सिर्जना गरेकाे छ ।

यसै क्रममा प्रहरीले मधेशबाट नेकपाका केन्द्रीय सदस्य र सल्लाहरसहित झण्डै दर्जन नेता कार्यकर्ता गिरफ्तार गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य राम लखन महत्तो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ ।
बिहीबार बिहान ८ बजे पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार राम लखनको महत्तोकाे घर महेन्द्रनगर बजारबाट गिरफ्तार गरेको हो ।
पार्टी संगठनको विशेष कामले जम्मा भइरहेका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको प्रति पूर्वी कमान्ड इन्चार्ज विरहीले विज्ञप्ति जारी गर्दै बिना सर्त रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
सरकार फासिवादी बन्दै गएकाे भन्दै मानवअधिकारकर्मी र विश्लेषकहरूले यस कार्यकाे घाेर विराेध गरेका छन् ।







