सडक आन्दोलन गर्न नदिने सरकारको निर्णयलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले फाँसीवादीको संज्ञा दिएको छ ।

पछिल्लाे सरकारकाे  निर्णय अनुसार काठमाडौं जिल्ला प्रशासनले काठमाडौंका सात स्थानबाहेक अन्य क्षेत्रमा कार्यक्रम र प्रदर्शन गर्न नदिने निर्णयको आलोचना गर्दै वैद्य माअाेवादीकाे यस्तो बताएको हो ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी काठमाडौं जिल्ला समितिले विज्ञप्ति सार्वजनिक गर्दै उक्त निर्णय सच्याउन माग गरेको छ ।

‘क्रान्तिकारी माओवादी, काठमाडौं जिल्ला समिति राज्यको यस प्रकारको फाँसीवादी निर्णयको भत्सना गर्दै सो निर्णय तुरुन्त सच्याउन माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘जनताको विद्रोह गर्ने अधिकारको सम्मान गरी धर्ना, जुलुस र प्रदर्शनको नैसर्गिक अधिकारको विपरित कुनै सीमा नतोक्न अनुरोध गर्दछ ।’

वैद्य माओवादीले सरकारको यो निर्णयले सरकार अधिनायवादतर्फ उद्यत भएको आरोप समेत लगाएका छन् ।

‘काठमाडौं जिल्लाका सातवटा स्थान बाहेक अन्य स्थान वा सडकमा कुनै धर्ना, जुलुसलगायत प्रदर्शन गर्न नपाउने गरी आएको सर्वाजनिक सूचना शान्तिपूर्ण भेला हुन पाउने संविधान प्रदत्त हकलाई कुण्ठित गर्ने, अभिव्यकित स्वतन्त्रता र विद्रोह गर्ने जनताको नैसर्गिक अधिकारको विरुद्ध र लोकतान्त्रिक मूल्य मान्यता विपरित कदमको रुपमा लिँदै यस परिघटनाले सरकार अधिनायवादी शासन लाद्ने प्रक्रियामा उद्यत रहेको संकेतको रुपमा लिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनताकाे बलिदानीपूर्ण क्रान्तिकारी अान्दाेलन र लाेकतान्त्रिक अान्दाेलनबाट प्राप्त शान्तिपूर्ण अान्दाेलन गर्न पाइने अधिकारलार्इ अाेली सरकारले फासिवादी शसन लागू गरेर नामेट पार्न खाेजेकाे भन्दै याे कार्यकाे चाैतर्फी विराेध भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार