माअाेवादी केन्द्रका नेता मणि थापाले एकताका नाममा अध्याराे काेठामा बसेर केपी अाेली र प्रचण्डले गरेकाे सम्झाैतालार्इ अाफुहरूलार्इ मान्य नहुने चेतावनी दिएका छन् ।

वैचारिक बहसविनाकाे एकता, क्रान्तिकारी रूपान्तरण बिनाकाे एकताकाे कुनै अर्थ नभएकाे भन्दै थापालेे सम्झाैताबाट गरिने एकताले मुलुक र जनतालार्इ कुनै फाइदा नपुग्ने बताएका छन् ।

माअाेवादी केन्द्रकाे अनलाइन मिडिया एभरेस्ट दैनिकसँगकाे कुराकानीमा माअाेवादी केन्द्रका नेता थापाले यस्ताे बताएका हुन् ।

थापाले ठूल्ठूला फाइभस्टार हाेटल र डिनरहरूमा बसेर गरेकाे एकता दिगाे हुन नसक्ने भन्दै अहिले  एमालेहरूले त्यस्तै एकता गर्न खाेजेकाे अाराेप लगाए ।

मणि थापासँगकाे कुराकानीकाे सानाे अंश –

एकताको बारेमा तपार्इँले भनेजस्तो वैचारिक बहस त खासै देखिएन नि ?

मैले माथि भनेको विचार र संघर्षको नयाँ हतियार तयार पार्ने दिशामा यो पार्टी एकतालाई रुपान्तरण गर्ने कुरा बृहत वैचारिक संघर्ष बिना सम्भव छैन । तर यहाँ एकता प्रक्रियामा त्यो छैन । दुई चार जना बसेर, कार्यदल बसेर निर्णय गर्ने काम भएको छ । आम कार्यकर्ता र जनतालाई के भइरहेको छ, थाहा छैन । त्यसैले अँध्यारो कोठामा गरिने यस्ता निर्णयले रुपान्तरण हैन, सम्झौता मात्रै गर्छ । कम्युनिष्ट आन्दोलनमा अहिले सम्झौता भन्दा पनि संघर्ष र रुपान्तरण प्रधान हो । त्यसकारण यो एकतालाई त्यसरी लैजानुपर्छ ।

अहिले सम्झौताबाट एकता हुन्छ कि भन्ने खतरा भएको छ । संघर्षबाट पार्टी एकता होस भन्ने हाम्रो चाहना हो ।

नेपाल र विश्व कम्युनिष्ट आन्दोलनभित्र हुने यसप्रकारका परिघट्नामा जसका विरुद्ध कम्युनिष्टहरु लड्नुपर्ने हो, तिनैले यो वा त्यो रुपमा एकता या फुटलाई आफ्नो पक्षमा पार्न षडयन्त्र गर्ने गरेको देखिन्छ । अहिले पनि त्यो खतरा देखियो हैन र ?

यसमा त्यो देखियो । जसरी हामीले पार्टी एकताका आधार र बहसहरु सिर्जना गरेका छौं, र, हामी बहस गर्दा जुन जुन मान्छेको घरमा गएर लन्च र डिनर गरेर पार्टी एकताका बुँदाहरु अथवा मान्यता तयार गरिरहेका छौं, त्यसले यो पार्टी एकतालाई गलतरुपमा लैजान या भंग गराउनका लागि दलाल नौकरशाही वर्गले काम गरिरहेको छ भन्ने देखाउँछ । त्यो वर्गले यो कम्युनिष्ट एकतामा जुन निर्णायक प्रभाव पार्न कोशिस गरेका छन, त्यसबाट नभत्काइकन हुने एकताको पनि अर्थ छैन । यसलाई हामीले आधारभूत किसान मजदूरको पार्टीको रुपमा श्रमिकको हितकारी पार्टीका रुपमा परिवर्तन गर्नुपर्ने हो । तर यहाँ प्रभाव अर्कैले पारेको छ ।

तपार्इँ चुनावमा हेर्नुस, मन्त्री हुने कुरामा हेर्नुस, त्यो वर्ग हाबी हुने खतरा छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी हो । यो एकता हुने बेला त्यसमाथि पनि प्रहार केन्द्रित गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार