क्रान्तिकारी विचारबाट धेरै टाढा पुगेपछि प्रचण्डलाई भरपर्दो राजनीतिक विश्रामस्थल चाँहिएको थियो ।

त्यो विश्राम एमाले भेट्टाएपछि उनले आफ्ना च्यानलहरुमार्फत एकताका लागि पहल अगाडि बढाए । एमाले भेटाएपछि उनले आप्नो नेतृत्वको लागि सुनिश्चितता पनि खोजे । त्यो पनि लगभग सुनिश्चितजस्तै भयो ।
खासमा एमालेमा केपी ओलीपछि नेतृत्व संकट देखिदै गर्दा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले नेतृत्व गर्न सक्दैनन् भन्ने लाग्यो । एमालेमा ओली र नेपालको गुट लडाइँमा एउटा गुटलाई साथ लिने बित्तिकै आफुले पल्लाभारी लिन सकिने प्रचण्डले आँकलन गरेका थिए । त्यो आँकलन धेरै हदसम्म सही थियो केही समय अघिसम्म ।
जतिबेलासम्म एमालेमा केपी ओली र माधव नेपालबीच अन्तरविरोध चुलिदै गइरहेको थियो, त्यो बेलासम्म प्रचण्डलाई के विश्वास थियो भने एमालेसँग पार्टी एकता गरेर त्यहीभित्र ठूलो पंक्तिलाई हात पार्नेछु ।
झलनाथ खनाल र वामदेव गौतमलाई त प्रचण्डले धेरै पहिले आफ्नो बनाइसकेका थिए ।
एमालेले लामो समयदेखि मास वेसमा खडा गरेको पार्टीमा जनयुद्धबाट आएको केही शक्तिलाई लगेर नेतृत्व गर्ने प्रचण्डको मिसनलाई क्षणभरमा ओलीले नामेट पारिदिए ।
ओलीले प्रचण्डलाई अनपौचारिक बैठक र बसाइँहरुमा ‘मपछि तपाई नै नेतृत्व हो र प्रधानमन्त्री पनि’ भनेर आश्वासन दिएको देखिन्छ । यही अनौपचारिक आश्वासनले पनि प्रचण्डलाई निकै हौस्याउने काम गर्यो ।
प्रचण्ड यतिसम्म हौस्यिएकि पार्टी एकताका लागि उनले आफ्नो नेता कार्यकर्ताहरुलाई एमालेका नेताहरुमा दबाब सिर्जना गर्न ठूलो पंक्ति खडा नै गरे।
कतिसम्म भने फागुन १ गते नै एकताका लागि भनेर प्रचण्डले आफ्ना दुई जुझारु भातृ संगठनहरु योङ कम्युनिस्ट लिग र अखिल क्रान्तिकारीलाई प्रयोग गरे ।
प्रचण्ड निकट अखिल क्रान्तिकारीले दुई पार्टीबीच तत्काल एकता नगरे पार्टी मुखालय कब्जा गरेर नेतृत्वलाई जसरी पनि सहमत गराउने हत्कन्दासमेत अपनायो । उसले भनेको थियो, ‘हामीले एकताका लागि पेरिसडाँडा र बल्खु कार्यालयमा धर्ना दिनेछौं ।’
योङ कम्युनिस्ट लिगले ओलीलाई यस्तो समेत भन्यो, ‘हामीले दश वर्ष जनयुद्धमा प्रचण्डका लागि बलिदान गर्यौ, अब शान्ति र विकासमा तपाईका लागि बलिदान गर्न तयार हुनेछौं ।’
आफ्ना भातृ संगठनहरुलाई यस्तोसमेत भन्न लगाउने प्रचण्ड हिजोआज एकाएक एकता गर्नुहुन्न भन्ने निचाेडमा किन पुगे ? । यसबारे कुराे छर्लङ्र्गै छ । आज उनै भातृ संगठनलाई प्रचण्डले भन्न लगाएका छन्, ‘जनयुद्धलाई नस्वीकारिए या पचास पचासको आधारमा केन्द्रीय समिति नबनाए एकता हुनै सक्दैन ।’
पछिल्लाे समयमा अाएर ओलीले माधव नेपाललाई आसन्न महाधिवेशनमा अध्यक्षमा सघाउने भरपर्दो विश्वास दिलाइसकेका छन् । जुन ओलीले महत्वपूर्ण धर्म निभाएका छन् ।
किनकि प्रचण्ड भनेका हिजो अाेलीका कट्टर दुश्मन । तिनै दुश्मनलाई पार्टी अध्यक्षमा कसरी दिनु भन्ने ओलीलाई लाग्यो । त्यसपछि उनले माधवलाई एक्लै बोलाएर भने, ‘हामी जे भएपनि एमालेका नेता हौं । जनताको बहुदलीय जनवाद मानेका छौं । यो आधारमा पनि हामीले विचारअनुसराको नेतृत्व पनि त्यही श्रृखंलामा निर्माण गर्नुपर्छ ।’
माधवलाई पनि झनै ढुंगो खोज्दा देउता मिलेजस्तै भयो ।
एमाले र माओवादी केन्द्रबीच एकताको प्रसँग चल्दा खासै रुची नदेखाएका नेपालले आफु अध्यक्ष बन्ने सुनिश्चिता देखेपछि अहिले आएर एकताका लागि निकै मरिहत्ते गरेर लागि परेका छन् ।
यसरी केपी ओलीले माधव नेपाललाई नेतृत्वमा अघि सारेको थाहाँ पाएपछि प्रचण्ड एकाएक खङ्ग्रै परेका हुन् ।







