भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि अपरिचित समूहले आक्रमण गरेको छ ।

गठ्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने बेला नचिनेका दुईजनाको समूहले सांघातिक आक्रमण गरेको हो । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

आक्रमणबाट उनको गाडीमा पनि क्षति पुगेको छ । स्रोतका अनुसार मेयर श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।

मेयर बनेदेखि श्रेष्ठले नगरपालिकामा काममा ढिलासुस्ती गरेकाे, अार्थिक क्षेत्रमा अनिमियतता गरेकाे जनगुणासाेहरू अाइरहेकाे बेला यस्ताे अाक्रमण भएकाे हाे ।

लामाे समयपछि स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर अाएपनि उनीहरूले माथि नेताहरूलेजस्तै लाखाै र कराेडकाे हारहारीमा भ्रष्टचार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीले सबै स्थानीय तह खाली गर्न चेतावनीयुक्त पत्रहरूसमेत पठाइसकेकाे थियाे ।

नेकपाले अाफ्नै नेतृत्वमा जनसत्ताहरू स्थापना गरिरहेकाे बेला उसकाे सत्ताले भ्रष्टहरूलार्इ अाक्रमणकाे निशाना पनि बनाइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार