एमालेसँग एकता नहुने भएपछि माअाेवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउनका लागि भित्री तयारी गरिरहेको गरेको खुलासा भएको छ ।

दुवै दलका पार्टी हाँक्ने हैसियत राखेका नेताहरूबीच नयाँ सरकार बनाउने बारेमा गोप्य रुपमा छलफल भइरहेको उच्च स्रोतले जनाएको छ ।
कांग्रेससँगको गोप्य छलफलका कारण एमालेसँगको पार्टी एकीकरणमा माओवादी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) र माओवादीकाका नेताहरूले खासै रुचि देखाएका छैनन् । सोही कारणले एमाले–माओवादी केन्द्रबीच लामो समयपछि वार्ता भएपनि विगत ६ दिन भइरहको वार्ता निष्कर्ष विहिन टुङ्गिदै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउनु अगाडि नै कांग्रेस–माओवादीको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको स्रोतले बताएको छ।
नयाँ सरकार गठनको लागि कुरा धेरै अगाडि बढिसकेको छ’,माओवादी केन्द्रका एक शीर्ष नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच ओली भारत भ्रमण गएको बेलामा गोप्य वार्ता भइसकेको छ ।’
उनले थप्दै आगाडि भने,‘एमालेसँग पार्टी एकता नगर्ने सोचले नै प्रधानमन्त्री ओली र अध्यक्ष् प्रचण्डबीच ६ दिनदेखि लगातार भइरहेको वार्ता निष्कर्ष विहिन टुिङ्गदै आएको छ।
स्रोतका अनुसार प्रचण्ड पहिला नेता तथा कार्यकर्ता ब्यवस्थापनका लागि ६०/४० मा सहमत भएका थिए तर विदेशी शक्तीको दबावमा पार्टी एकता नगर्नलाई नै प्रचण्ड एकाएक नेता तथा कार्यकर्ता ब्यवस्थापनको लागि बराबरी(५०÷५० प्रतिशत) लगायतका अन्य शर्तअघि सारेपछि पार्टी एकताको लागि बसेको कुनैपनि वार्ता अर्थपुर्ण नभएको छैन।
देउवा र प्रचण्डको गोप्य वार्तापछि कांग्रेस र माओवादीका दोस्रो तहका सीमित नेताहरू (किचनक्याबिनेट)ले नयाँ सरकार बनाउनेबारेमा भित्रभित्रै तयारी गरेका छन् । देउवा–माओवादीको किचन क्याबिनेटका सीमित व्यक्तिलाई मात्रै नयाँ सरकारको गृहकार्यका बारेमा जानकारी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री दुई दलको सहमति अानुसार परिस्थितिले जे देखाउछ उही बन्छ। माओवादी केन्द्रलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने सहमति भइसकेको स्रोतले दाबी गरेको छ ।
स्राेतका अनुसार अब बन्ने नयाँ सरकारमा कांग्रेस र माओवादी केन्द्रका साथै मधेशवादी दललार्इ पनि लिएर सरकार बनाउने याेजना माअाेवादी– कांग्रेस रहेका छन्।
स्रोतका अनुसार पार्टी एकता संयोजन समितिको आयोजनामा आइतबार दिउँसो हुने सभामा दुवै पार्टीले गर्ने संयुक्त कार्यक्रममा दुवै शीर्ष नेताले पार्टी एकतामा प्रतिबद्दता जनाए पनि पनि पार्टीले मुर्तरुप लिने छैन ।
स्रोतले आगाडी थप्दै भन्यो,‘ दुई पार्टीबीच एकता हुन नदिनको लागि विदेशी शक्ति जोडतोडका साथ लागेको छ।’
एमालले राखेको आडनमा अध्यक्ष प्रचण्डलाई सहमत नहुन अन्तराष्ट्रिय शक्तिहरुले दवाव दिईरहेको स्रोतले बताएको छ। स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई कांग्रेस लगायतका दलहरुसँग मिलेर अघि बढ्न अन्तराष्ट्रिय शक्तिको दवाव आइरहेको छ। अन्तराष्ट्रिय शक्तिद्धारा अध्यक्ष प्रचण्डलाई ‘कि प्रधानमन्त्री बन्नु कि जेल जानु’ भन्दै दवाव स्वरुप धम्की आईरहेको स्रोतले बताएको छ।
स्रोतका अनुसार अन्तराष्ट्रिय शक्तिले भनेको नमानेमा युद्धकालका घटनालाई मुद्दा बनाएर अन्तराष्ट्रिय जगतमा उठाई अध्यक्ष प्रचण्डलाई जेल हाल्ने योजना रहेको छ।
अन्तराष्ट्रिय शक्तिले दिइरहेको दवाव र एमालेले अघि सारेको माओवादीको लागि नमिल्दो अडानको कारण अध्यक्ष प्रचण्डलाई चौतर्फी रुपमा तनाव भएको छ।
अध्यक्ष प्रचण्डका नजिक रहेका एक नेताले भने, ‘उहाँ देश र जनताको हितका लागि परिस्थीति अनुसार निर्णय गर्न सक्नु हुन्छ।’ ती नेताले भने, ‘प्रचण्ड कमरेले यसअघि एक औपचारिक कार्यक्रममा देश र जनताको हितका लागि परिस्थित अनुसार फड्को मार्न सक्ने अभिब्यक्ति त्यत्तिकै दिनु भएकाे हाेइन नि।’







