
गाेपाल किरातीले नेतृत्व गरेकाे नेकपा (माओवादी केन्द्र) महाधिवेशन अायोजक समितिको पहिलो औपचारिक बैठक बसेर कार्यविभाजन गरेकाे छ ।
लेनिन र तथा कम्युनिस्ट स्थापना दिवसकै दिन पारेर बसेको साे पार्टीकाे पहिलो पूर्ण बैठकले प्रथम राष्ट्रिय भेलाको प्रतिवेदन छलफलको लागि प्रस्ताव गरेको छ ।
पार्टीका संयोजक गोपाल किरातीले बैठकमा प्रचण्डको नेतृत्वमा पार्टीको ठूलो हिस्सा एमालेमा विलय हुन गएको बताउँदै जनयुद्ध र पहिचानका बाँकी कार्यभार पूरा गर्ने जिम्मा अाफूहरुको जिम्मामा अाएको बताए । उनले नयाँ ढंगको पार्टी निर्माण गर्ने बताए ।
बैठकले साताओटै प्रदेशमा संयोजक पनि तोकेको छ । जसअनुसार प्रदेश न. १ मा विमल निरौला, प्रदेश न. २/३ मा नजिबुल्लाह अन्सारी, प्रदेश न. ४ मा मोहन गुरुङ, प्रदेश न. ५,६ र ७ को संयोजक आलोक रायमाझीलाई तोकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा १४८ औं लेनिन जयन्तीको अवसरमा एमाले र माओवादी कन्द्रबीच राष्ट्रिय सभागृहमा लफडा भइरहेको बेला किरातीले कोटेश्वरको एक पार्टी प्यालेसमा अायाेजक समितिकाे बैठक बसिरहेका थिए क।
किराती नेतृत्वकाे माअाेवादी केन्द्रले विप्लवकाे नेतृत्वमा नेपालमा शक्तिशाली क्रान्तिकारी धार निर्माणकाे कुरा उठाइरहेकाे छ ।







