एमाले र माअाेवादी केन्द्रकाे एकतामा किन ढिला भइरहेकाे छ ? के कारणले एकतामा बाँधा उत्पन्न भइरहेकाे छ ? यसबारे नेकपा एमाले निकट एक साप्ताहिकले सनसनीपूर्ण खुलासा गरेकाे छ ।

एमालेनिकट साप्ताहिक पत्रिका साँघुले यस्ताे खुलासा गरेकाे हाे । यस्ताे छ उसकाे खुलासा –

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीसँगकाे प्रचण्डकाे श्रृखंलाबनद्ध ‘वान टु वान’ छलफलमा प्रचण्डले हरेक पटक ‘मेराे राजनीतिक भविष्य के हुने’ भन्दै बार्गेनिङ शुरू गर्छन् ।

हालै माअाेवादी केन्द्र निकट एभरेष्ट दैनिक अनलाइनलाइर् दिएकाे अन्तर्वार्तामा पनि प्रचण्डले अब दश वर्षसम्म पार्टी फस्ट म्यान बनेर काम गर्ने र त्यसाे नभए झुकेर त एमालेसँग पार्टी एकता नगर्ने अभिव्यक्ति दिएपछि एमाले नेताहरू मात्र हाेइन माअाेवादी केन्द्रभित्रका एकताप्रेमी नेताहरूसमेत  झस्किएकाे स्राेत बताउछ ।

स्राेतका अनुसार अध्यक्ष प्रचण्डले एमाले शीर्ष नेताहरूसँगकाे भेटमा बरू ३०-३५ प्रतिशतकाे रेसियाेमा नेेतृत्व सेटल गर्न अाफु तयार तर महाधिवेशनपछि पनि अाफुलार्इ एकीकृत पार्टीकाे अध्यक्ष ग्यारेन्टी गर्नुपर्ने चरम महत्वकांक्षी सर्त तेर्स्याएका छन् ।

प्रचण्डले अागामी महाधिवेशनपछि अाफुलार्इ अध्यक्ष वा प्रधानमन्त्री पदकाे लिखित ग्यारेन्टी गरिदिए वा सार्वजनिक रूपमा केपी अाेली र माधव नेपालहरूले महाधिवेशनपछि प्रचण्ड नै एकीकृत वाम पार्टीकाे अध्यक्ष बन्ने लिखिततमसहितकाे घाेषणा गरिदिए प्रचण्ड प्रतिशत जनयुद्ध वा चुनाव चिन्हबारे जस्ताेसुकै सम्झाैता गर्न तयार छन् ।

उता प्रचण्ड पार्टी, कार्यकर्ता र जनताभन्दा व्यक्तिगत हितकाे हिसाव गर्न थालेपछि नारायणकाजी र टाेपबहादुर मात्र हाेइन गृहमन्त्री रामबहादुर थापा बादलसमेत प्रचण्डसँग टाढिन र एमालेसँग नजिकन थालेकाे माअाेवादी केन्द्रकाे स्राेतले बताएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार