
एमालेभित्र माअाेवादी केन्द्रपति नरम पन राख्ने नेता वामदेव गाैतमले जनयुद्ध सफल नभएपछि माअाेवादीहरू शान्ति प्रकियामा अाएकाे दाबी गरेका छन्
गाैतमले नेपालमा जनयुद्ध सफल नभएको बरू त्याे रुपान्तरण भएको भन्दै जनयुद्धलार्इ कमजाेर अान्दाेलनकाे रूपमा अर्थ्याएका छन् ।
राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानद्वारा गरिएको आदर्श सम्मान कार्यक्रममा बोल्दै गौतमले यस्ताे बताएका हुन् ।
जनयुद्ध शब्दमा विवाद भइरहेको अवस्थामा एमाले-माओवादी एकताका सुत्रधारका एमाले नेता गौतमले संसारमा कहीँ पनि सशस्त्र युद्ध सफल नभएको प्रष्टोक्ति दिए ।
‘संसारमा सशस्त्र संघर्ष र जनयुद्ध कहीँ पनि सफल भएका छैनन्’, उनले भने, ‘नेपालमा पनि सफल भएको होइन, रुपान्तरण मात्रै भएको हो ।’ उनले युद्धबाट नभएर प्रतिस्पर्धात्मक जनमतबाटै समाजवाद स्थापना गर्ने बताए ।
‘काट्ने मार्ने बाटोमा जाँदैनौ, जनमतबाटै नेपालमा समाजवाद स्थापना गर्छौँ’, एमाले नेता गौतमले भने, ‘सशस्त्र संघर्ष र जनयुद्धबाट समाजवाद आउँदा पनि आउँदैन, हामी युद्धबाट होइन चुनावबाटै समाजवाद ल्याउँछौँ ।’
वर्तमान सरकारले घोषणा पत्रमा लेखे अनुसार काम गरेमा १० वर्षपछि नेपालमा समाजवाद आउने गाैतमले दाबी गरे ।







